काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ ।सुनको भाउ अझै बढ्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको भाउ बढेको हो ।
भाउ अझै बढ्न सक्ने सङ्केत देखिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७ हजार ५ रुपैयाँ पुगेको थियो । त्यसयता भने केही घटेको भाउ फेरि लगातार बढिरहेको छ ।आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
रसिकको ‘छन्द आराधना’ सार्वजानिक
विराटनगर, ५ चैत।कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कविता सङ्ग्रह सार्जजानिक भएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा साहित्यकार हरिप्रसाद रिमाल, डा भागवत आचार्य, दधिराज सुवेदी, विवश पोखरेल, गङ्गा सुवेदी, बलराम पोखरेल, विराटनगर महानगरपालिका–३ का वडाध्यक्ष वासुबहादुर बस्नेतलगायतले संयुक्तरूपमा सो कृतिको विमोचन गर्नुभएको थियो ।
आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज समालोचक दधिराज सुवेदीले विमोचित कृतिको समीक्षा गर्नुभयो ।
त्यस्तै साहित्यकार मधु पोखरेल, बाबुराम पोखरेल, भरत गुरागाईँ बर्बरिक, संस्थाका कोषाध्यक्ष फणिन्द्र पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा कवि मञ्जुश्री गिरी, किशोर कोइराला, यशोदा अधिकारी आचार्य, प्रिन्स प्रमोद ढकालले विमोचन भएको सङ्ग्रहभित्रका कविता वाचन गर्नुभएको थियो । सो सङ्ग्रहभित्र विभिन्न विषयलाई आधार मानेर लेखेका ७२ कविता समावेश गरिएको छ ।
प्रतिकृया दिनुहोस्