सोमबार , चैत्र १३, २०७९

वर्षालाई जीवनको यादले ‘हरपल’ सताएपछि‍‍… ( भिडियो सहित)

चैत्र ४, २०७९ शनिबार 116

काठमाडौँ । नायिका वर्षा सिवाकोटीलाई मोडल जीवन आचार्यको यादले सताएको छ । तर, यो रियल लाइफमा भने होइन ।

गायिका रानी शाक्यको स्वरमा समावेश ‘हरपल’ बोलको गीतमा वर्षा जीवनको यादमा तड्पिएकी हुन् । अरुण तिवारीको शब्द रहेको गीतमा विक्रम थापाको संगीत छ ।

सार्वजनिक गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा नवीन निरौलाको सम्पादन, नवराज उप्रेतीको छायांकन छ ।
गायिका शाक्य अमेरिकामा रहेर पनि निरन्तर गीतसंगीतमा सक्रिय छिन् ।

प्रतिकृया दिनुहोस्