सोमबार , चैत्र १३, २०७९

आर्यघाटमा बुबाकाे अन्त्येष्टिमा भक्क्निएर रोए बले,अन्तिम विदाईमा कलाकारहरुको रुवाबासी (भिडियो सहित)

चैत्र ३, २०७९ शुक्रबार 1380

स्पेनमा ज्यान गुमाएका वरिष्ठ लोकगायक राजेन्द्र लम्साल क्षेत्रीको पार्थिव शरीरलाई नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ । केही समयदेखि विरामी उनको गत फागुन २३ गते उपचारका क्रममा स्पेनस्थित एक अस्पतालमा निधन भएको थियो ।

६० वर्षको उमेरमा निधन भएका उनको शव १० दिनपछि शुक्रवार दिउँसो काठमाडौं ल्याइएको थियो । उनको शुक्रवार दिउँसो नै पशुपति आर्यघाटको विद्युतिय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले वक्तव्य जारी गर्दै लम्सालप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि उपस्थित हुन कलाकर्मीलाई आग्रह गरेको थियो ।थुप्रै कलाकार एवं शुभचिन्तकहरू पशुपति पुगेर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । लम्साल सागर लम्साल (बले)का बुवा हुन् ।

लोक गीत क्षेत्रका पुराना गायक लम्सालले गाएका दर्जनौं गीत अहिले पनि लोकप्रिय छन् । ‘जापान टोकियो’, ‘वालिङ्ग फिरफिरे’, ‘शिरमा रिवन सल्को पछ्यौरी’, ‘भिरको टुनि हो’, ‘मर्स्याङ्दीको पुल’ लगायतका उनका गीत लोकप्रिय छन् । उनी केही वर्षयता स्पेनमा रहेर व्यवसाय संचालन गर्दै आएका थिए । भिडियो हेर्न यहाँ जानुहोस ।https://youtu.be/i6LpjeumS5A

प्रतिकृया दिनुहोस्