बुधबार , जेठ १७, २०८०

फ्यानका आखाँ रसाए ,पल साहको जेल जीवन पछिको बयानमा त्यस्तो के भने?

चैत्र २, २०७९ बिहिबार 145

एक घटनाका कारण एक वर्ष जेल जीवन विताएर गत फागुन १५ गते रिहाइ भएका अभिनेता तथा मोडल पल शाह एक वर्षपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । चार्टर्ड हेलिकप्टरमार्फत् उनी बुधबार जनयुद्धको उद्गम थलो रुकुममा जारी रुकुम महोत्सवमा सहभागी भएका हुन्, जहाँ उनलाई हेर्नकै खातिर करिब ३० हजार बढी दर्शकहरु उपस्थित भएका थिए ।

recommended by

KETO EXTREME
게으른 다이어트! 한 달에 -23 파운드! 운동이 필요 없습니다!
더 알아보기
उनी बोल्दा सिट्टी र तालीको वर्षात भएको थियो भने ‘पल दाई हाई(हाई’, ‘पल शाह आई लभ यू’ जस्ता नारा पटक(पटक लागेको थियो । पलले पनि आफूप्रति देखाएको मायाको सम्मानमा कहिले हात हल्लाएर धन्यवाद प्रकट गर्थे त कहिले हाँसोले प्रेम दर्शाउँथे । उनले आफू एक वर्ष जेलभित्र बस्दा लाखौं आमा(बुबा, दिदी(बहिनी, दाजु(भाई तथा साथीहरु कमाएको भन्दै खुसी व्यक्त गरे ।

उनले भने, ‘मेरो एक वर्षको जेल बसाईं भयो । अब त जेल भन्ने वितिक्कै डर लाग्छ । मलाई पहिला मेरो घरमा आमा(बुबा, बहिनी र दाई हुनुहुन्छ जस्तो लागेको थियो । तर, जब जेलभित्र बसेँ, जेल नभनौं विश्वविद्यालय । त्यहाँ बस्दाखेरि मैले लाखौं(हजारौं आमा(बुबा, साथी, दाजु(भाई, दिदी(बहिनीहरु पाएँ ।’ उनले म्यूजिक भिडियोबाट आफू दर्शकमाझ आउन लागेको पनि जानकारी गराए ।

एक वर्षअघि आफ्नो युट्युब च्यानलमा सार्वजनिक भएको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सनमा आफूले काम गर्न लागेको पलले बताए । दर्शकको भीडबाट फिल्ममा पनि आउनुपर्छ भन्ने ठूलो आवाज सुनेपछि उनले आफू फिल्ममा पनि चाँडै फर्किने विश्वास दिलाए । उनले महोत्सवमा आफ्नै फिल्म ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरि’ गीत गाएर पनि सुनाएका थिए

प्रतिकृया दिनुहोस्