बुधबार , जेठ १७, २०८०

पल शाहले बाल नदिएपछि पूजा शर्मा पनि फायर

चैत्र १, २०७९ बुधबार 193

पल शाहले बाल नदिएपछि पूजा शर्मा पनि फायर
कलाकार जोडी पल शाह र पूजा शर्माको सम्बन्धबारे धेरै बताइरहनु आवश्यक नहोला । पल जेल जाँदा यदि कुनै चलचित्रकर्मीले खुलेर उनको पक्षमा वकालत गरेको थियो भने उनी पूजा शर्मा नै थिइन् ।

पलको बचाउमा के मात्रै गरिनन् पूजाले । आफ्नो होम प्रोडक्सन फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरअघि पलविरुद्ध बलात्कारको जाहेरी परेको थियो । सो चलचित्रमा पूजाको जोडी बनेर खेलेका पल प्रहरीको खोजीमा परेपछि प्रिमियरमा अनुपस्थित रहे ।

सो कार्यक्रममा पल नआउँदा पूजा विक्षिप्त देखिएकी थिइन् । उनी क्यामराअगाडि नै धरधरी रोइन् । उनीमाथि चलचित्र हिट बनाउन आँशुको हत्कण्डा प्रयोग गरेको आरोप पनि लाग्यो ।

तर, यस्ता आरोपले पूजालाई फरक परेन । उनी निरन्तर पलका पक्षमा बोलिरहिन् । सामाजिक सञ्जालमा लेखिरहिन् । पलको तस्बिर अंकित टिसर्ट लगाएर पनि हिँडिन् । ‘लुगा नच्यातिकन बलात्कार हुन्छ र ’ भन्नेजस्ता हचुवा अभिव्यक्तिहरु पनि दिइन् । उनले बारम्बार भनिरहिन्, ‘पलबिना म अधुरो छु ।’

प्रतिकृया दिनुहोस्