समाजमा असल मानिस भए तिनले बुहारीको पनि बिहे गरिदिन्छन्। दाङको तुलसीपुरमा यस्तै भयो। यही साताको बिहीबारको कुरा हो। बुहारी ३० वर्षीया आरती श्रेष्ठको उनका सासूससुरा विना श्रेष्ठ र शिव श्रेष्ठले छोराको मृत्युपछि अर्को बिहे गरिदिएका छन्।
बिहीबार आमन्त्रितहरूका माझ यिनै आरतीको बिहे विधिपूर्वक भयो। शिव र विनाले राजीखुसीले उनको बिहे गरिदिएका हुन्। आरतीको बिहे गरिदिन पाएकोमा शिव र विना दुवैमा सन्तोषको भाव देखिन्छ। अहिले सासू ससुराले बिहे गरिदिएका बुहारी ज्वाइँ मिडियामा आएका छन् ।
YOU MAY LIKE
To William, The Concept Of War In UA Was Akin A Conflict In Asia
More…
401
100
134
Barack & Michelle’s Love Story Isn’t What You Thought It Was
More…
90
23
30
The Most Hotly Anticipated Kisses Ever Put To Film
More…
475
119
158
बुहारी आरती भन्छिन् ‘जन्मदिने बुबाआमा अरू नै भए पनि कर्म दिने बुबाआमा पहिलो प्राथमिकतामा हुनुहुन्छ, ‘बिहेपछि पनि हामी तुलसीपुरमा बुबाआमा (सासूससुरा) को घरमै आएर बस्छौँ।’
आरतीले दोस्रा श्रीमान चन्दनध्वज केसीसँग यसबारे सम्झौता भएको बताइन्। शिवले आरती आफूहरूसँग बस्ने कुरा उनकै इच्छामा भर पर्ने बताए। उनले भने, ‘यो कुरा अब हाम्रोभन्दा पनि छोरी आरतीको इच्छामा निर्भर हुने कुरा हो। मलाई विश्वास छ छोरीज्वाइँ हामीसँगै बस्नेछन्।’
उनले आरती आफ्नो इच्छाअनुसार बिहे भएको नयाँ घरमा जान सक्ने बताए। शिव र आरतीका कुरा सुनिरहेका चन्दनध्वजले पनि आफू आरतीकै इच्छाअनुसार अघि बढ्ने बताए । उनका अनुसार फेसबुकमार्फत आरतीसँग चिनजान भएको थियो।
यस्तो चिनजानपछि काठमाडौंमा भेट भएको थियो। ससुरा शिव बिरामी हुँदा उपचारका लागि उनलाई लिएर आरती काठमाडौं गएकी थिइन्। त्यही क्रममा अस्पतालमा चन्दनध्वजसँग भेट भएको थियो। चन्दनध्वजले उपचारको क्रममा धेरै मद्दत गरे।
उनको व्यवहारबाट आरती प्रभावित भइन्। उनीहरूको बिस्तारै माया बस्न थाल्यो । एक दिन चन्दनध्वजले प्रेम प्रस्ताव राखे। आरतीले आफ्नो सबै वास्तविक अवस्थाबारे बताइन्। कुरा सुनेर चन्दनध्वज गम्भीर भए।
उक्त क्षण सम्झँदै उनले भने ‘आरतीले कुनै कुरा नलुकाई आफ्नो विगत बताइन्। मलाई उनीप्रति असाध्यै माया र भरोसा भयो। मैले नै बिहेको प्रस्ताव गरेँ। आरती बिहे गर्न तयार थिइनन् तर चन्दनध्वजले हार मानेन्। उनी आरतीको घरमै गए, शिव र विनालाई भटेर आफ्नो प्रस्ताव सुनाए।
शिवलाई कुरा उचित लाग्यो। उनले आरतीलाई सम्झाई–बुझाई गरेर बिहेका लागि राजी गराए। ‘आरतीले त अर्को बिहे गर्न मानेकी थिइनन्। तपाईंहरूलाई छोडेर जान्नँ भन्थिन्,’ शिवले भने, ‘उनको उमेर कलिलै छ। हामीले नै सम्झाई–बुझाई गरेर दोस्रो बिहे गर्न मनाएका हौँ।’
आरतीले आफू सदाको लागि तुलसीपुरमा बुबाआमा (सासूससुरा) सँगै बस्ने वचन दिएकी छन्। ‘आज त म बिहे गरेर श्रीमानको घरमा जानैपर्छ,’ उनले भनिन्, ‘म दुई चार दिनमै तुलसीपुर फर्किए बुबाआमासँगै बस्नेछु।’
प्रतिकृया दिनुहोस्