काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरले सुकुम्बासी बस्तीमा तमासा गरेको भनी गरेको टिप्पणीप्रति काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले कडा प्रतिक्रिया दिएका छन्।
ओलीले दिउसो एक कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले फुसका छाप्रा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे प्रश्न उठाएका थिए । उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृति समेत संसारकै उत्कृष्ट रहेको उल्लेख गरेका थिए ।
त्यस पछी बालेनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत पटक–पटक मन्त्री र दुई तिहाई सरकारको प्रधानमन्त्री हुँदा पनि सुकुम्बासीको समाधान गर्न नसकेको भन्दै ओलीप्रति आ’ क्रोश पोखेका हुन्। ‘सम्माननीय पूर्वप्रधानमन्त्री केपी ओलीज्यू, अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौँ महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ।
तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो। किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्बासी समस्या समाधान गर्न सक्नु भएन। मन्त्री र पटक–पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन,’ मेयर शाहले भनेका छन्।
सुकुम्बासीहरु राजनीतिक दलहरुका लागि केवल भोट बैंक मात्रै भएको शाहको भनाइ छ। उनले लेखेका छन्, ‘सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे। बरु तिनलाई गुठी आ’ न्दोलनजस्ता आफ्नो स्वार्थविपरीतका कुराहरुमा प्रयोग गर्नु भयो। त्यो पनि राजनीतिक स्वार्थवश् ।’
ओलीले सुनधारा मासेर सेतो टावर (धरहरा) ठड्याएको र नेवाः सभ्यतामाथि आ’ क्र’ मण गरेको मेयर बालेन शाहको आरोप छ। ‘तपाईंलाई जनता, नदीनाला र नेवाः सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो?’
बालेनले ओलीलाई सोधेका छन्, ‘हुनमान ढोकाको पुनर्निर्माणमा नेवाः सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनु भयो? यी सबै हेर्दा नेवाः सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन।’
साथै मेयर शाहले सके सहयोग गर्न र नसके कसैका विरुद्ध कसैलाई प्रयोग नगर्न पनि ओलीलाई चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘तर अब परिस्थिति फेरिएको छ। यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला।’
एमाले अध्यक्ष ओलीले मंगलबार एक कार्यक्रममा काठमाडौँ महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजेको भन्दै आपत्ति जनाएका थिए। मेयर शाहले त्यसैको कडा शब्दमा ओलीलाई जवाफ दिएका हुन्। उनले भनेका छन् -सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू, अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ ।
तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ।
सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ?
हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन । तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।
प्रतिकृया दिनुहोस्