विश्वकप फुटबलमा आज राति समूह सी र डी का खेल हुँदै छन्। अन्तिम चरणका खेलमा समूह सी का पोल्याण्ड र अर्जेन्टिना तथा साउदी अरेविया र मेक्सिको भिड्दैछन्। ४ अंकसहित पोल्याण्ड तालिकाको शीर्षस्थानमा र ३ अंक भएको अर्जेन्टिना दोस्रो स्थानमा छ।
तेस्रो स्थानको साउदीको पनि समान ३ अंक छ। तर गोल अन्तरका आधारमा उ पछि छ। १ अंक भएको मेक्सिकोको पनि अघिल्लो चरणको सम्भाबना बाँकी छ। राति १२ः४५ बजे पोल्याण्डविरुद्ध उत्रँदा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ।
यो खेल जितेको अवस्थामा अर्जेन्टिनाको समूह विजेता बन्दै नकआउटमा पुग्ने सम्भाबना बलियो हुन्छ। तर पोल्याण्ड भने बराबरीले पनि अघिल्लो चरणमा पुग्छ। अन्तिम खेल बराबरी गर्दा पोल्याण्डको ५ अंक हुन्छ।
यस्तो अवस्थामा अर्को खेलमा साउदी विजयी भएमा पोल्याण्ड उपविजेताको रुपमा नकआउटमा पुग्नेछ। साउदीले मेक्सिकोलाई हराएमा उसको ६ अंक हुनेछ।
ब्मक द्यथ ब्मmबलब
पहिलो खेलमा अर्जेन्टिना साउदीसँग पराजित भएको थियो। पोल्याण्डले मेक्सिकोसँग बराबरी खेलेको थियो। दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गर्दा पोल्याण्डले साउदीलाई हराएपछि दुवै टोली बलियो अवस्थामा पुगेका हुन्।
तर अन्तिम खेलमा यी दुईको भिडन्तले भने बाँकी दुईको पनि अघिल्लो चरणको सम्भाबना बलियो बनेको हो। गोल अन्तरमा पोल्याण्ड अगाडी छ। पोल्याण्डले २ गोल बढी गरेको छ। अर्जेन्टिनाको एक गोल बढि छ।
साउदीले एक गोल बढी खाँदा मेक्सिको २ गोल घाटामा छ। अंक बराबरी भएको अवस्थामा गोलअन्तरको आधारमा अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्ने छ।
अर्जेन्टिना स्टार फरवार्ड लियोनल मेस्सीको कप्तानीमा मैदान प्रवेश गर्दा पोल्याण्ड लेवान्डोस्कीको कप्तानीमा हुनेछ। दुवै टोलीमा प्रिमियर लिगसहित विश्वका चर्चित लिगमा व्यवसायीक फुटबल खेलिरहेका स्टारहरुले भरिएका छन्।
दुई पटकको विश्वविजेता अर्जेन्टिना तीन पटक फाइनलमा पुगेर पराजित भएको थियो। विश्वकपमाअर्जेन्टिनाको यो १८ औं सहभागीता हो। पोल्याण्ड ९ पटक सहभागी भएको छ। पोल्याण्ड भने २ पटक सेमिफाइनलमा पुगेको छ। उसले उपाधि जित्न सकेको छैन।
यसअघिका विश्वकपमा यी टोली दुई पटक भिडेका छन्। १९७४ मा पोल्याण्डले अर्जेनिटनालाई ३–२ ले पराजित गरेको थियो। त्यसको चार वर्षपछि विश्वकपमा नै अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले हराएको थियो। विश्वकपमा यी टोली ४४ वर्षपछि भिड्न लागेका हुन्।
प्रतिकृया दिनुहोस्