सोमबार , चैत्र १३, २०७९

बिगो लाइभमा हुने यौ’नजन्य क्रियाकलाप : गिरोहको चंगुलमा फसिन् एक किशोरी

फागुण २९, २०७९ सोमबार 217

काठमाडौँ । टिकटकमा गिफ्टका लागि छाडा हाउभाउ र एक्स्पोजरसहित बस्नेहरु तपाईहरुले ख्याल गर्नु भएको छ ? हो, अहिले छाडापन, अश्लिलता, यौनजन्य क्रियाकलापसहित सामाजिक सञ्जालमा लाइभ आउनेहरुको उद्देश्य पैसा पनि हुने गर्छ । पैसाकालागि यस्ता हर्कत गर्नेहरु सक्रिय छन् । टिकटक जस्तै एउटा एप्स छ– ‘बिगो’ भन्ने । यो एप्समा यस्तै अश्लिल हर्कत गर्न तयार हुने किशोरीहरुलाई लाइभ सञ्चालन गर्नेहरुले उक्साउँछन् । यौनजन्य क्रियाकलापसहित लाइभका लागि भिडियो तयार पार्छन् र त्यस्तो भिडियो लाइभमा राखेर गिफ्ट संकलन गर्छन् । यस्तो धन्दाको सिकार भएकी एक युवती अहिले समस्यामा परेकी छिन् । आफ्नो गोप्य भिडियो सार्वजनिक हुने डरले ती किशोरी तनावमा छिन् । उनलाई यस्तो समस्या कसरी भयो त ?

‘बिगो लाइभ’ नामक एप्लिकेसनको लाइभमा बसेर बालिकाहरुलाई उत्पिडन गर्ने, यौनजन्य भिडियो निर्माण गराउने र त्यस्ता सामाग्री सार्वजनिक गर्ने भन्दै धम्क्याएर रकम असूली गर्ने एउटा गिरोहको धन्दा फेला परेको छ ।

प्रतिकृया दिनुहोस्