शनिबार , जेठ २७, २०८०

दयाहाङ राईसहित १३ कलाकारले खोलेको लेन्चाखिम रेष्टुरेन्ट

फागुण २८, २०७९ आइतबार 45

दयाहाङ राईसहित १३ जना कलाकार मिलेर काठमाडौंको बानेश्वरस्थित थापागाउँमा लेन्चाखिम रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्।

उक्त रेष्टुरेन्ट एक करोड २० लाख रूपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा ल्याइएको हो।मण्डला नाटकघरसँग जोडिएका सबै कलाकारहरू मिलेर लेन्चाखिम सञ्चालनमा ल्याइएको हो। जसमा बुद्धि तामाङ, सृजना सुब्बा, विजय बराललगायत १३ जना छन्।

YOU MAY LIKE
Discover The Hidden Truth About Political Family Members
More…
446
112
149

She Was A New Passion For Young Money Boss Lil Wayne
More…
469
117
156

6 Ways To Keep Your Relationship Exciting And Fresh
More…
425
106
142
गत सातादेखि सञ्चालनमा आएको यो रेष्टुरेन्ट मण्डला नाटकघरको माथिल्लो दुई तलामा छ। पहिलो तलामा क्याफे छ भने दोस्रो तलामा बारसहितको रेस्टुरेन्ट छ।

‘अनामनगरमा नाटकघर हुँदादेखि नै क्याफे खोल्ने सोच थियो। त्यसैले अहिले नयाँ ठाउँमा नाटकघर बनिसकेपछि खाली ठाउँ पनि प्रयोगमा आउँछ र नाटक हेर्न आउनेहरूलाई खान, बस्नका लागि सहज हुन्छ भनेर रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हौं,’ दयाहाङले भने।

रेष्टुरेन्टको नाम भने राईको वान्तवा भाषामा राखिएको उनी बताउँछन्। वान्तवा भाषामा ‘लेन्चा’ भनेको खाजा र ‘खिम’ भनेको घर हुने उल्लेख गर्दै उनले सुन्दा राम्रो लागेकाले लेन्चाखिम नाम राखिएको बताए। नाम जस्तै लेन्चाखिममा खाजाहरू पनि मौलिक परिकारका चाख्न पाइन्छ।

यहाँ पूर्वको ‘वाचिपा’, ‘याङवेन’ जस्ता मौलिक परिकारको स्वाद लिन सकिन्छ। यसबाहेक अन्य रेष्टुरेन्टमा पाइने सबै परिकारहरू लेन्चाखिममा पाइने दयाहाङ बताउँछन्।

उनले यो रेष्टुरेन्ट नाफा कमाउनेभन्दा पनि मण्डला नाटकघरको सञ्चालनमा सहयोग पुग्ने सोचले खोलेको बताए।

‘व्यवसाय गर्नु भनेको कलाकारको लागि गाह्रो कुरा हो। तर पनि हामीले नाटकघरलाई पनि सहयोग पुग्ने सोचले यो जोखिम लिएका हौं,’ दयाहाङले भने, ‘यो रेष्टुरेन्टबाट ठूलो नाफा कमाउँला भन्ने सोच होइन। यहाँको आम्दानीले भाडा मात्र तिर्न सक्यौं भने नाटकबाट उठेको पैंसा कलाकारहरूलाई बाँड्न सकिन्थ्यो।’-विवेक राई/

प्रतिकृया दिनुहोस्