बिहिबार , जेठ २५, २०८०

आर.आर. क्याम्पसमा खुकुरी हान्ने कम्युनिस्ट ‘गुण्डा’ पक्राउ

फागुण २८, २०७९ आइतबार 141

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित आर.आर.क्याम्पसमा खुकुरी प्रहार गरेर आतंक मच्चाउने मनोज चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्दले शनिबार क्याम्पसहाताभित्र बैठक बसिरहेका बेला अन्धाधुन्द रुपमा विद्यार्थी नेताहरूमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी सीताराम रिजालले बताएका छन् । रिजालले चन्दका बारेमा थप विवरण केही समयपछि दिने बताएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचित विथोल्ने हर्कत गर्ने चन्दलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको छ ।

पक्राउ परेका चन्द कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठनको नेता रहेको बुझिएको छ ।

आर.आर. क्याम्पसका विद्यार्थीले क्याम्पसभित्रै खुकुरी प्रहार गर्ने गुण्डालाई हदैसम्मको कारबाही माग गरेका छन् । उनीहरूले यस्ता गुण्डाहरू कै कारण क्याम्पसको स्ववियु निर्वाचिन विथोलिने अवस्था भएको टिप्पणी गरेका छन् ।

प्रतिकृया दिनुहोस्