६५ वर्षका एक पुरुषकी पत्निको उमेर जम्मा २२ वर्षको छ । यो जोडी उमेर अन्तरै कारण अहिले चर्चामा छ ।
बुढेसकालमा भर्खरकी युवतीसँग विबाह गरेका ६५ वर्षका बृद्धले २२ वर्षकी जवान युवतीसँग विबाह गरेता पनि उनले घुमघामका क्रममा ढुक्कसँग एउटै पलङ भएको कोठा पाउन सकेका छैनन् ।
आफ्ना पतिसँग कतै घुम्न निस्किएका बेला आँफुलाई पति पत्निको व्यबहार नभएर अनौठो व्यवहार हुने गरेको पत्निले बताउँदै आएकी छिन् ।
यो दम्पत्तिको उमेरमा ४३ वर्षको अन्तर भएकै कारण बास बस्न पुगेको होटलका कर्मचारीले उनीहरु देख्दा बाबु छोरीजस्तो देखिने भएकै कारण एउटै कोठामा २ वटा पलङ भएको कोठा देखाउने गरेका छन् ।
यो जोडी टिकटकमा पनि भेटिन्छ । करिब ६० हजार फलोअर्स भएको उनीहरुको @shadieshafik नामक टिकटकमा पनि उनीहरु दुईवटा बेड भएको कोठामा बसेर एक अर्काको हात समाउँदै गीत गाइरहेका भेटिन्छन् ।
लोकभजन जोगाउन महोत्सव
गण्डकी, २७ फागुन (रासस) :
प्राचीन संस्कृति र परम्परासँग गाँसिएको लोकभजन जगेनार्थ पोखरामा भजन महोत्सव सुरु भएको छ । राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठानले महोत्सव आयोजना गरेको हो । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शनिबारदेखि राष्ट्रव्यापी भजन चुड्का प्रतियोगिता सुरु गरिएको हो ।
प्रतियोगितामा देशभरबाट ३२ भजन समूहले सहभागिता जनाएको प्रतिष्ठानका सदस्य सचिव डा तुलसीराम खनालले जानकारी दिनुभयो । भजन महोत्सवसँगै बृहत् ज्ञान महायज्ञको शुभारम्भ बिहीबार गरिए पनि प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।
लोपोन्मुख अवस्थामा पुगेका लोकभजनको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सदस्य सचिव डा खनालले बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष प्रजापति पुराजुलीले धार्मिक गीतका रुपमा प्रचलित भजन लोप हुन नदिन प्रतिष्ठानले महोत्सव, प्रतियोगितालगायत संरक्षणका काम गर्दै आएको बताउनुभयो ।
नेपाली भजन संस्कृतिमा राष्ट्रव्यापी रुपमा नयाँ जागरण ल्याउन आफूहरु लागिपरेको उहाँको भनाइ छ । “महोत्सवले लोकभजनको उत्थान र जगेर्नामा टेवा पुग्छ, नयाँ पुस्ताले भजनबारे बुझ्ने मौका पाउँछन्”, अध्यक्ष पराजुलीले भन्नुभयो ।
कुनै ताका मठ, मन्दिर, पूजापाठ र कर्मकाण्डमा खुम्चिएको लोकभजनले पछिल्लो मेला, महोत्सवमा ठाउँ लिन थालेको छ । प्रतिष्ठानले यसअघि पनि पोखरामै भजन महोत्सव गर्दै आएको थियो । बागलुङलगायतका जिल्लामा पनि भजन महोत्सव हुने गरेका छन् । समाज आधुनिक बन्दै जाँदा भजन जस्ता परम्परागत गीत, कला र संस्कृति हराउने चिन्ताबीच संरक्षण अभियान अघि बढेको हो । भजनले मानिसलाई आत्मिक शान्ति दिने र सत्मार्गमा लाग्न प्रेरित गर्ने बागलुङस्थित जैमिनी सङ्कीर्तन समूहका अध्यक्ष टेकबहादुर क्षत्रीले बताउनुभयो ।
इश्वरीय कथा, गाथा, भगवान्को गुणगान र वर्णन गरेर भजन गाउने गरिएको उहाँको भनाइ छ । उक्त समूह पनि यसअघि विभिन्न ठाउँमा हुने भजन प्रतियोगितामा भाग लिएर पुरस्कृत भएको छ । लोकभजनमा बढीजसो ईश्वरीय महिमा र पौराणिक कथा अभिव्यक्त गर्ने गरिन्छ । प्रतियोगितामा सहभागी हुने भजन समूहले गायनसँगै भगवान् शिव, कृष्ण चरित्रदेखि रामायण, महाभारत आदिका कथाभावलाई अभियनमा उतार्ने गरेका छन् ।
धर्म, सभ्यता र संस्कृतिसँगै सामाजिक विषयलाई समेत उठान गरेर भजन गाउने गरिएको कलाकार बताउँछन् । मौलिक संस्कृतिको ज्ञान र शिल्प नयाँ पुस्तामाझ पु¥याउन पनि धार्मिक मेला, महोत्सव र प्रतियोगिताले सघाउने आयोजकको विश्वास छ । प्रतियोगितामा प्रथम हुनेलाई रु ५१ हजार, द्वितीयलाई रु ३१ हजार, तृतीयलाई रु २१ हजार र सान्त्वनालाई रु ११ हजार पुरस्कार राखिएको छ । उत्कृष्ट झाँकी, वेशभूषा, नाच आदिलाई पनि नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
आउँदो चैत २ गतेसम्म चल्ने ज्ञान महायज्ञ एवं भजन महोत्सवमा आध्यात्मिक गुरु गुरु चैतन्य कृष्णले भागवत् वाचन गरिहनुभएको छ । महोत्सवबाट सङ्कलित रकम प्रतिष्ठानको केन्द्रीय कार्यालय भवनमा निर्माण खर्च गरिने जनाइएको छ । महोत्सवमा रु एक करोड आम्दानी र रु ३५ लाख ४४ हजार खर्च हुने आयोजकको अनुमान छ ।
प्रतिकृया दिनुहोस्