बुधबार , जेठ १७, २०८०

यस्तो अनुभव फेरी भोग्नु नपरोस् : यस्तो दु:ख अरु कसैलाई नहोस् –पढ्दा सबैको आँखा रसायो

फागुण २६, २०७९ शुक्रबार 2324

काठमाडौं । केही दिन पहिले सामाजिक सञ्जाल फेसबुकमा सगेन्द्र श्रेष्ठले ‘यस्तो अनुभव फेरी भोग्नु नपरोस् ।

यस्तो दु:ख अरु कसैलाई नहोस्’ भन्दै एक स्टाटस लेख्नु भएको थियो । सो पोस्ट यतिबेला सामाजिक सञ्जालमा भाइरल हुँदैछ । उनले एक सुत्केरी महिलाको दर्दनाक कथाबारे लेखेका छन् ।

उनले लेखेका छन्, ‘हलेसी, खोटाङ्गबाट लिम्चुङबुङ, उदयपुर पुग्ने वैकल्पिक मार्ग हुँदै साथी प्रशान्त र म बाइकमा यात्रा गर्दै थियौं । बीच बाटोमा एउटा बाइक रोकिएको थियो, बाइकसँगै एकजना महिला भुँइमा लडिरहेकी र उनलाई एकजना पुरुषले उठाउन सहयोग गर्दै थिए ।

हामीले बाइक रोकेर सहयोगका लागि अगाडी बढ्यौं ।’ उनका अनुसार निक्कै नै चिन्तित र साहाराविहिन देखिएका ती पुरुषले भने–‘मेरी सुत्केरी श्रीमती, ब्यथा लागेर बाइकमा हेल्थ पोष्ट लगेको, धेरै गाह्रो भएर यता भुँइमै छौं, हेल्थ पोष्ट धेरै टाढा छ ।’

उनी अगाडि लेख्छन्, ‘घाम लागेको तर चिसो हावा चलेको मौसम, जाडो मौसममा रुखबाट पात झरेर उजाड देखिएको जंगल, डोजरले खनेर बालुवा र धूलो मिसिएको बाटो – त्यही मौसम र त्यही बाटोमा लडिरहेकी उहाँ कराउन थाल्नुभो–‘मलाई गाहो भयो । पेटमा थिच्नु । बच्चा झर्न लाग्यो ।’

नभन्दै बच्चाको टाउको निस्किसकेको थियो । बेस्मारी हात समात्नुभयो । उहाँले बल गर्नुभयो । हामीले ज्याकेट भूँइमा बिछ्यायौं । केही छिनमा बच्चा जन्मे । मंसिर २७ गते मंगलवार बिहान ९ बजेको समय ।

बच्चाको आधा जिउँ ज्याकेटमा आधा जिउँ भुँइमा । केही क्षण सन्नाटा । बालुवा र धूलो लागेर बाँयापट्टीको आँखा खोल्न नसकेका ती शिशु हात र खुट्टा चलाउँदै रुन थाले । बल्ल शान्ति मिल्यो ।’ इन्जिनियर बुबाले बाटोमा जन्मेको यसको के नाम राख्ने भनेर प्रश्न गर्नुभयो ।

त्यसको जवाफमा उनै बुवाले इन्जिनियर भन्नुभयो । उहाँको थप वाक्य ‘हो यसले यो बाटो बनाएर अरुको दु:ख मेट्नुपर्छ’ भन्ने थियो । श्रेष्ठका अनुसार आमाको लुगाले बच्चालाई छोपिएको थियो, उहाँको बच्चा हेर्न सिधा उभिन सक्ने अवस्था थिएन । उनी भन्छन्, ‘हाम्रो जिउँमा अडेस लगाउँदै लामो सास लिनुभयो । एकछिन आँखा बन्द गरेर आराम गर्नुभयो ।

प्यास लागेर पानी खोज्दै हुनुहुन्थ्यो । आजकै दिन हामीले पानी नबोकेको । नजिकै खानेपानी कतै थिएन । बच्चा त जन्मियो, तर साल झर्नै बाँकी थियो । बच्चाको साल काट्नुपर्ने, तर कसरी काट्ने ? हामी तीन जना पुरुष, एकछिन त लाचार भयौं । धन्न मोबाइलमा नेटवर्क थियो । अलि तल कोशी वारी उहाँका आफन्त छिमेकीहरु बस्थे । फोन लाग्यो ।

पानी, लुगा, धागो र ब्लेड ल्याउनु भने । १५ मिनेटपछि दुईवटा बाइकमा ४–५ जना मानिसहरु आइपुगे । अब भने हामीलाई पनि राहत मिल्यो ।’ उनका अनुसार आमा र बच्चा दुवै स्वस्थ थिए । बाइकमा बस्दै हेल्थ पोष्ट जानुको सट्टा सबैजना तल कोशी वारीको घरमा फर्के ।

उनीहरू पनि सँगसँगै फर्के । चिया नास्ता नगरी जानै दिएनन् । मनमा अथाहा प्रश्नहरु उब्जिरहेका थिए । उनले लेखेका छन्, ‘कुकुर पनि नहिँड्ने त्यो बाटोमा यस्तै दु:ख पर्दा के गर्ने होला ? यहाँका मानिसले हेल्थ पोष्टमा कहिले बच्चा जन्माउला ?,

केही दिन अघि नै हेल्थ पोष्टमा भर्ना हुनुपर्ने किन ध्यान नदिएको होला ?, स्थानीय सरकार, खोइ कता छ ?’ तर धेरै प्रश्नका बीच गाउँका एकजना नर्सले भनेको कुरा उनलाई याद भयो । उनले भनेकी थिइन्–‘गाउँमा हेल्थ पोष्टले बच्चा जन्माउनै पर्दैन, बाटोले नै जन्माउँछ ।’ यो कुरालाई अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरिएको छ ।

कोही बिरामी पर्दा डाक्टरहरुले फलफूलको जुस पिउन सल्लाह दिन्छन् । फलफूलले हाम्रो शरीरलाई तत्काल ऊर्जा प्रदान गर्ने काम गर्छ । यसका साथै फलफूलमा पाइने पौष्टिक तत्त्वले रोगबाट निको हुन महत्त्वपूर्ण भूमिका खेल्छ । यी फलहरूमा अनारलाई मुख्य रूपमा समावेश गरिन्छ । तपाईँले अनारको फाइदाहरूको बारेमा धेरै सुन्नु भएको छ । अनारले तपाईँको रगत बढाउन र सफा गर्ने काम गर्छ ।

अनारले तपाईँको कमजोरी हटाउने काम गर्छ । यसमा भिटामिन सी र भिटामिन बी पाइन्छ । यसबाहेक अनारमा पोटासियम, म्याग्नेसियम, जिङ्क, सेलेनियम र फस्फोरसको मात्रा बढी हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोशिकाहरूलाई छिटो मर्मत गर्छ । यसका साथै अनारको सेवनले छालामा पनि फाइदा गर्छ । यस लेखमा हामी अनार खाँदा छालामा हुने फाइदाबारे कुरा गर्दछौँ ।

अनार खाँदा छालामा हुने फाइदाहरू: डन्डीफोर कम गर्छ: अनुहारमा डन्डीफोर आउनुको मुख्य कारण छालामा भएको अतिरिक्त तेल हो । अनारको सेवनले छालाको तेललाई सन्तुलनमा राख्न मद्दत गर्छ । अनारको जुस पिउनाले छालामा चिलाउने समस्या पनि कम हुन्छ । यसमा रगत शुद्ध गर्ने गुण हुन्छ । यसो गर्दा छाला रोगमुक्त हुन्छ तसर्थ डन्डीफोर आउँदैन ।

एन्टि एजिङ तत्त्व: अनारमा पाइने एन्टिअक्सिडेन्टले छालाको चाउरीपन कम गर्न मद्दत गर्छ । वास्तवमा पर्याप्त पोषण नपाउँदा छालामा चाउरी पर्न थाल्छ । यदि तपाईँ दैनिक एक गिलास अनारको जुस पिउनुहुन्छ भने, यसले तपाईँको अनुहारमा चमक ल्याउनेछ र चाउरीपन कम गर्दछ ।

चम्किलो छालाका लागि अनार: अनारमा पाइने भिटामिन ईले कोलाजेन उत्पादनलाई पनि बढाउँछ । यसका साथसाथै अनार खाँदा वा यसको जुस पिउनाले तपाईँको छालामा चमक आउँछ किनभने यसले रगत शुद्ध गर्न र रगतको मात्रा बढाउन मद्दत गर्छ । यसका साथै यसको प्रयोगले छालाको दाग हट्छ । यसमा पाइने भिटामिन सिले छालालाई निखार्ने काम गर्छ । छालालाई डिटक्स गर्न मद्दत गर्दछ: अनारले उत्कृष्ट डिटोक्सिफाइङ एजेन्टको रूपमा काम गर्छ । यसको नियमित सेवनले तपाईँको शरीर डिटोक्स हुन्छ, जसका कारण छाला पनि निखार्न थाल्छ ।

घामले डढेको हटाउँछ: घामको पराबैंगनी किरणले अनुहारको छालामा कालोपन आउँछ । यससँगै अनुहार कालो हुन थाल्छ । तर अनारको जुस पिउनाले टेनिङको समस्या हट्छ । यसका साथसाथै यसले एन्टी–अक्सिडेन्ट फ्री रेडिकललाई कम गरेर ट्यान घटाएर छालाको रङ निखार्छ । अनारको जुस वा अनारमा फाइबर धेरै हुन्छ । त्यसैले यो पाचनका लागि फाइदाजनक हुन्छ । यसले कब्जियतको समस्या उत्पन्न गर्दैन र तपाईँ खानाबाट पूर्ण पोषण लिन सक्षम हुनुहुन्छ । त्यसैले आहारमा अनार समावेश गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्