शनिबार , चैत्र ११, २०७९

थापाथलीमा शिरुपाते खुकुरी बोकेर निस्किने यी महिला को हुन् ?

मंग्सिर १३, २०७९ मंगलबार 17386

थापाथलीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिकाको टोलीमाथि स्थानीयहरु ह तियारसहित प्रतिकारमा उत्रेका छन् ।

संरचना हटाउनु अघि उनीहरुले अन्यत्रै बसोस्थानको व्यवस्था मिलाउन माग गरेका छन् । आ क्रोसित भएका सुकुम्बासीहरुले ह तियार, लौरी, ढुंगामुढा हातमा बोकेका छन् । महानगरको डोजर आएलगत्तै सामानसहित कोही तयारी अवस्थामा बसे भने कोही ह तियारसहित विरोधमा उत्रिए । बस्तीमा बस्दै आएका बालबालिका, वृद्धावृद्धा र किरिया पुत्रीहरु पनि सामान निकालेर बसेका थिए ।

उनीहरुले आफूहरुलाई कि अन्यत्रै भए पनि बस्ने व्यवस्था मिलाउनुपर्ने वा त्यहीँ खाल्डो खनेर पुर्नसमेत उनीहरुले महानगरलाई चेतावनी दिएका छन् ।वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् । उनीहरु हातमा लाठी तथा अन्य घरेलु अस्त्र , शिरुपाते खु कुरी बोकेर तयारी अवस्थामा रहेका छन् ।

सुकुम्बासीहरुले रातभर घरेलु ह तियारसहित बस्तीलाई सुरक्षा दिने र डोजर भित्र छिरेमा पेट्रोल लगाएर जलाउने तयारी गरेका छन् । उनीहरुले देशभर रहेका सुकुम्बासीहरुलाई राजधानीमा उतारेर सरकारको विरोधमा तेस्रो ठुलो जनआन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

समितिको तथ्याकंअनुसार तीन हजार ४९६ घरधुरी छन् । सुकुम्बासी बस्तीका बासिन्दाले सुरक्षित ठाउँ पाए स्थानान्तरण हुन तयार रहेको भन्दै विकल्पको माग गरेका छन् । बागमती सहितका नदीकिनारमा रहेको बस्तीलाई व्यवस्थित गर्न सहरी विकास मन्त्रालयले २०७८ फागुन १६ गते समिति गठन गरेको थियो ।

बागमती सहितका नदी किनारमा रहेको बस्तीलाई व्यवस्थित गर्न सहरी विकास मन्त्रालयले २०७८ फागुन १६ गते समिति गठन गरेको थियो ।समितिले नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन अल्टिमेटम दिएको जनाएको थियो। ।

प्रतिकृया दिनुहोस्