बिहिबार , जेठ २५, २०८०

एकपटक सन्दिप लाई भेटन मन लागेको छ दुख सुखको कुरा गर्नु छ : पल शाह

फागुण २४, २०७९ बुधबार 346

काठमाडौ ।आइतबार उच्च अदालत कास्कीले पल शाहविरुद्ध जबर्जस्ती करणीको अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएपछि सोमबार विहान ११ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर उनी दमौलीको तनहुँ कारागारबाट रिहा भएका छन् । उनको स्वागतमा बहिनी र नजिकका साथीभाई कारागार पुगेका थिए भने कारागारबाहिर पलको रिहाइको खुसीमा प्रशंसकहरुको ठूलो भीड लागेको थियो ।

रिहा भएपछि पलले सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै ‘सबैलाई धन्यवाद’ भनेका छन् । उनी साढे १२ बजे बहिनी र साथीभाईको साथमा दमौलीबाट पोखरातर्फ प्रस्थान गरेका छन् । म आज 5 भाइहरु को बारे मा सोच्दै छु । हैन तिमी हरु ले के पायौ त हिरो त रिहा भयो त त्यो पनि डबल सान को साथमा दमौली को भिडियो हेरेउ कि हेरेनौ केटा हो ??? झोला बोकायर दाङ तिर लखेट्ने भन्दै अनामनगर मा योजना बनाउदै थियौ त

प्रतिकृया दिनुहोस्