आइतबार , जेठ १४, २०८०

अभिनेत्री करिश्मा बारे आपत्तिजनक अभिव्यक्ति दिने डिल्लीराम भन्छन् ‘हल्ला सुनेको भरमा बोलेको थिए’

फागुण २१, २०७९ आइतबार 236

काठमाडौं। डिल्लीराम खनालविरुद्ध काठमाडौं जिल्ला अदालतमा आइतबार अभियोग पत्र दर्ता भएको छ।भिनेत्री करिश्मा मानन्धरको निजी जीवनबारे आपत्तिजनक अन्तर्वार्ता दिएपछि प,क्राउ परेका डिल्लीरामविरुद्ध मुद्दा दर्ता भएको हो ।

न्यु अनलाइन टिभी नामको युट्युब च्यानलमा उनले अन्र्तवार्ता दिएका थिए । सरकारी वकिल कार्यालयले खनालसहित उनको अन्तर्वार्ता लिएर प्रशारण गर्ने न्यु अनलाइन टिभी नामको युट्युब च्यानलका सन्चालक गोकर्ण जोशीलाई पनि प्रतिवादी बनाएको छ।उनीहरुविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ।खनालको अन्तर्वार्ता लिने अनलाइनका सञ्चालक जोशी भने फरार छन्। खनालले आफूले हल्ला सुनेको भरमा बोलेको बयान दिएका छन्। उनले पीडितको सन्दर्भ जोडिएको आफ्नो अन्तर्वार्ताको छोटो क्लिप टिकटक बनाएर भाइरल बनाइएको पनि उल्लेख गरेका छन्।

धरान। सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले आफूहरु कोसी प्रदेशमा लगानी भित्र्याउनका लागि आफूहरु प्रयासरत रहेको बताएका छन्।

एक्स्पो संयोजक समेत रहेका उनले एक्स्पो समापनमा बोल्दै यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको बताए। “एक्स्पो अवधिभर विभिन्न तरिकाबाट प्रदेशमा लगानी भित्र्याउने प्रयास भयो, आगामी दिनमा पनि यसले निरन्तरता पाउनेछ । यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको छ”, उनले भने।

एक्स्पो सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन ११ बाट धरान रङ्गशालामा सुरु भएको थियो। एक्स्पोमा रू तीन करोड बराबरको कारोबार भएको छ भने तीन लाखभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ।

प्रतिकृया दिनुहोस्