बुधबार , जेठ १७, २०८०

एक सुन्दर र गरिब जोडी, जसले बनाइन १५०० बोकेर आएका गोकर्णलाइ करोडपति

मंग्सिर १२, २०७९ सोमबार 106

काठमाडौं ।

भन्छन्, मान्छेलाई मान्छेलाई ठगे पनि भगवानले ठग्दैन । यसबीच गोरखामा घर भइ काठमाडौंमा बस्दै आएका गोकर्ण भट्ट रातारात करोडपति बन्न सफल भएका छन् ।

२०६८ सालमा एसएलसी दिएर काठमाडौं आएका गोकर्ण ५ वर्षको संघर्षपछि उनी करोडौंको कम्पनीको मालिक भएका हुन् । ५ वर्षको यात्रा भने उनको सहज छैन् । उनले कतिपय रातहरु भोकभोकै बिताएका छन् ।कयौं दिन काठमाडौंमा खाली खुट्टा हिडे । काम गर्दा पनि आफ्नै साथीले धोका दिने त कहिले मालिकले तलब नदिने समस्या हुन्थ्यो ।

अनेक पीडा भोगेका गोकर्ण आफू सफल हुन श्रीमतीको ठूलो योगदा रहेका बताउँछन् । धादिङकी राधिका अर्यालसँग विवाह गरेका गोकर्णले आफू सफल हुनुमा आफ्नो भन्दा पनि राधिकाको हात धेरै रहेको बताए ।विवाहपछि राधिकाले अरुको कम्पनीको जागिरबाट छुट्याएर आफूले लगाएका सुनका गहना बेचेर एउटा सानो सोफा व्यवसाय सुरु गर्न लगाइन् । जुन व्यवसाय अहिले करोडको पुगेको हो ।

साथै उनले ३० जना भन्दा बढीलाई रोजगारी समेत दिएका छन् । गोकर्णका अनुसार ५ वर्ष अरुकोमा काम गर्दा खान बस्न ठिक्क हुने गर्दथ्यो ।तर विगत ५ वर्ष यता आफूले करिब २ देखि ३ करोड कमाएको उनको भनाइ छ । उनका अनुसार नेपालमै बसेर कमाउँदा र धेरैलाई रोजगारी दिँदा आफूहरुलाई निकै खुसी लागेको छ । भिडियो

प्रतिकृया दिनुहोस्