आइतबार , जेठ २१, २०८०

रामकुमारी झाँक्री एमाले प्रवेश गर्न लागेकी हुन् ?

मंग्सिर १२, २०७९ सोमबार 407

काठमाडौं मङ्सिर १२

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एउटा तस्वीर सार्वजनिक गरिन् । तस्वीरमा उनले लेखिन् यो तस्वीरमा सन्देश छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र एमालेका नेता खिमलाल भट्टराई र रामकुमारी झाँक्रीबीच जम्काभेट भएपछि सार्वजनिक भएको तस्वीरको सन्देश के हुनसक्छ ?

यसैलाई लिएर अहिले झाँक्री एमालेमा जाना लागेको अर्थ लाग्ने चर्चा सुरु भएको छ । उनीहरूबीच काठमाडौं फर्किने क्रममा भैरहवा विमानस्थलमा जम्काभेट भएको हो।

पूर्वसहकर्मीहरुसँग भेटेपछि फेसबुकमा फोटो हाल्ने झाँक्रीले लेखेकी छिन्, ‘तस्बिरमा सन्देश छ।’

उनले राखेको तस्वीर र सन्देश अर्थपूर्ण मानिएको छ ।

एमाले विभाजनको बेला झाँक्री माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेको थिइन्।

पहिलो पटक प्रत्यक्षमा निर्वाचन लडेकी झाँक्री गुल्मी २ मा एमालेका गोकर्ण विष्टसँग पराजित भइन्।

प्रतिकृया दिनुहोस्