सोमबार , चैत्र १३, २०७९

रेल दुर्घटना हुँदा १६ को मृत्यु, बाँचेका मान्छे भन्छन्–भूकम्प गएजस्तो लाग्यो

फागुण १७, २०७९ बुधबार 90

काठमाडौं । ग्रीसमा भएको रेल दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । दुईवटा रेल एक आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो । आपतकालीन सेवाहरूले उत्तरी ग्रीसमा यो दुर्घटनाको जानकारी गरायो । मंगलबार साँझ दुर्घटना भएको थियो ।

उद्धारकर्ताहरू घटनास्थलमा छन्, यात्रुहरूलाई बचाउने प्रयास जारी छ । दुर्घटनास्थलमा आगलागी पनि भएको खबर आइरहेका छन् । यात्रुवाहक रेल र मालवाहक रेल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । आगो निभाउन १७ वटा दमकल घटनास्थलमा पठाइएको छ ।

दुर्घटनाको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । समाचार एजेन्सी रोयटर्ससँग उद्धार गरिएका एक व्यक्तिले भने, ‘मानिसहरु आतंकित थिए र कराउन थाले ।’ अर्का यात्रुले भने, ‘भूकम्प गएजस्तो लाग्यो ।’

प्रतिकृया दिनुहोस्