काठमाडौं । अभिनेत्री वर्षा राउतको पति सञ्जोग कोइरालासँग झगडा परेको छ । हालै उनले पतिको तस्वीर इन्स्टाग्रामबाट हटाएपछि कुरा बाहिर आएको हो । सोही कुरालाई लिएर दुवैले आफूहरुबीच समस्या नरहेको प्रष्टीकरण दिनुपर्यो ।
वर्षका अनुसार दिनदिनै झगडा गरेर बस्नुभन्दा त छुट्टिएकै राम्रो हुन्छ । प्रेम विवाह गरेको केही वर्षमै इन्स्टाग्रामबाट फोटो हटाएको कुरा बाहिर आएपछि उनीहरूबीच सबै कुरा सामान्य रहेको भन्ने कुरामा नै सवाल उठ्यो ।
तर यतिबेला वर्षा आफैंले ठूलै झगडा परेको खुलासा गरेकी छिन् । उनी अभिनित पछिल्लो फिल्म ‘के घर के डेरा’ को प्रमोसन अभियानमा हिंडेकी वर्षाले यस्तो बताएकी हुन् । वैवाहिक सम्बन्धमा आएको समस्या, सोचमा आएको उतारचढाव र बेबी प्लानबारे पनि उनले बोलेकी छिन् ।
रिसमा आफूले फोटो हटाएको उनले बताइन् । उनले भनिन्, ‘मलाई एकदमै रिस उठेको थियो । मलाई यो मान्छेको फोटो प्रोफाइलमा राख्नु नै छैन भनेको जस्तो । अझ पनि छोरा पराई भइसक्यो भन्ने भएको छैन । म अझै पनि त्यही घरको छोरी हो । त्यो घरको बुहारी पनि हो हुन त । झगडा पर्दा बेक्कार छिटो बिहे गरेछु कि भन्ने जस्तो लाग्यो ।’
कुरा बाहिर आएपछि आफूलाई धेरैले फोन गरेको तर हालखबर सोधखोज नगरेको उनको गुनासो पनि उनले गरिन् । यो कुरा उनलाई नराम्रो लाग्यो । झगडा धेरै बढेपछि यस्तो राम्रो जोडी छुट्टिनु हुँदैन भनेर आफन्तले सम्झाएको पनि उनले उल्लेख गरेकी छिन् ।
उनी भन्छिन्, ‘यस्तो नगर है नगर भन्नुभयो । तर कसैले पनि तिमीहरुको बीचमा के प्रब्लम भएको हो भनेर सोध्नुभएन । उहाँहरुले उदाहरणीय जोडी भन्नुभयो । उदाहरणीय हुनुहुन्छ कति जना, तर कहिलेकाहीं खुसी भइँदैन ।’
अभिनेत्री राउतका अनुसार एक समयपछि सोच मिल्दैन । मान्छेको सोच परिवर्तन हुन्छ । दिनदिनै झगडा गरेर बस्नुभन्दा त छुट्टिएकै राम्रो हुने तर्क पनि उनको छ । बच्चाबारे कुरा गर्दै उनले श्रीमानका कारण ढिला भएको जानकारी दिइन् । उनी भन्छिन्, ‘सञ्जोग अब के छ त प्लान, सुरसार गर्ने होइन त भन्दाखेरि एक–दुई वर्ष कुरुम न त भन्ने कुरा भएको छ ।
प्रतिकृया दिनुहोस्