शनिबार , चैत्र ११, २०७९

नङ टोक्ने बानि छ ? सावधान नङ टोक्दा निम्त्याउँन सक्ने समस्याहरु, यस्ता छन्……….

फागुण १५, २०७९ सोमबार 221

मानिसको प्राय सबैको एउटा एउटा अधत हुन्छ । कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । बालबालिकामा यस्तो बानी देखिनु सामान्य हो । तर, युवायुवती या पाका उमेरका मानिस नै नङ टोकीरहेका हुन्छन् । नङ टोक्ने बानी खराब हो ।

त्यसैले अभिभावकहरुले बालबालिकालाई नङ टोक्नु हुँदैन भनेर सिकाउनुपर्छ । नङ टोक्ने बानीले विभिन्न प्रकारका संक्रमण फैलिने डर हुन्छ । शरीरका विभिन्न अंगजस्तै नङ पनि फोहर र संक्रमण बोक्ने प्रमुख अंग हो ।

नङ टोक्दा निम्त्याउँन सक्ने समस्याहरु

रक्तस्राब : नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उक्किरहन्छ। जसले गर्दा रक्तस्राब हुनुका साथै अत्यन्त दुखाइ पनि हुन्छ ।

आन्द्रामा जुका : नङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने भएकाले यसको पहिलो असर आन्द्रामा पर्छ । नङमा भएको फोहोरको माध्यमबाट पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छ

सासको गन्ध : धेरै नङ टोक्ने मानिसको मुखमा ब्याक्टेरिया जम्मा हुने भएकाले सास गन्हाउने समस्या देखिन्छ । बिहान बेलुकै दाँत ब्रस गरे पनि नङ टोक्ने बानी भएका मानिसको सास गन्हाउने कारण भनेकै ब्याक्टेरियाले गर्दा हो ।

मुखमा फोका : यदि औँलामा मुसा छ भने, त्यो मुखभित्र या ओठमा सजिलै फैलिन सक्छ । मुखमा फोकाहरु आउन सक्छन् । मुसाको माध्यमबाट हुयमन प्यापिलोमा भाइरस सर्न सक्ने पनि चिकित्सकहरुले बताएका छन् । यो भाइरस पाठेघरको मुखको क्यान्सरको कारक हो ।

शरीरमा केमिकल : यदि नङ पोलिस लगाउने महिलाको नङ टोक्ने बानी छ भने, पोलिसमा भएका विभिन्न केमिकल शरीरभित्र प्रवेश गर्ने खतरा रहन्छ । अनावश्यक केमिकलका कारण विभिन्न समस्या आउन सक्छन् ।

नङ बांगिने : बारम्बार नङ टोक्ने मानिसको नङको स्वरुप फेरिन सक्छ । नङ बांगिने हुन सक्छ । नङ टोक्ने मानिसको नङ बांगिने समस्या टोक्न छोडेपछि हट्ने भए पनि केहीको नङ सधैँका लागि खराब हुन सक्छ ।

छालाको सक्रमण : नङ टोक्ने मानिसलाई पारोनाइसिया नामक छालाको संक्रमण हुन्छ । यो संक्रमणले नङ वरपरको छालालाई असर गर्छ । नङ रातो हुने र नङ वरपरको मासु सुन्निने खतरा हुन्छ ।

ब्याक्टेरियाको संक्रमण : सन् २००७ को एक अध्ययन अनुसार नङ टोक्ने मानिसको मुखमा नटोक्ने मानिसको मुखमाभन्दा धेरै ब्याक्टेरिया हुन्छ । यस्तै हैँजा–पखालाजस्ता संक्रमण फैल्याउने इकोलाइ भाइसर नङबाट सर्नसक्ने सम्भावना हुन्छ l

नङलाई सुन्दर र स्वस्थ बनाउने केहि घरेलु तरिकाहरु : नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ । हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ । सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण हुन्छ किनभने शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात नै हो ।

प्राकृतिक रुपले स्वस्थ र सुन्दर नङ भए पनि अन्य विभिन्न कारणले गर्दा नङ बिग्रन सक्छ वा नङका विभिन्न समस्या देखा पर्न सक्छन् । साबुन, डिटर्जेन्ट, केमिकल आदिबाट नङमा रिएक्सन हुनसक्छ । कडा पानीको प्रयोग गरी काम गर्दा नङ कमजोर हुन्छ ।

भाँडा सफा गर्दा, लुगा धुँदा, सरसफाई गर्दा गरिने लापरवाहीले नङमा समस्या हुन सक्छ । त्यस्तै नङ टोक्ने, नङको प्रयोग गरी काम गर्ने बानी, कमसल र पुरानो कस्मेटिक सामानको प्रयोग आदि कारणले नङ कमजोर तथा अस्वस्थ हुन सक्छ ।

१. एक चम्चा नरिवलको तेल तताएर त्यसमा एक चम्चा ह्यान्ड लोसन मिलाउनुहोस् । हप्तामा एक दिन यो मिश्रणमा २० मिनेटजति नङ डुबाउनुहोस् । चारपाँच पटक नियमित यसो गर्नाले कमजोर नङमा सुधार हुनेछ ।

२. नङमा उसिनेको आलु रगड्नाले नङको चमक बढ्छ । ३. फिट्किरीको मालिसले नङलाई बलियो बनाउँछ । ४. नङ बांगा भए राति सुत्नुअघि तातोपानीले नङ धुने र नङमा बेसारको लेप लगाउने । बिहान नङ सफा गरेर जैतुनको तेलले मालिस गर्नाले नङहरू सीधा हुन्छन् ।

५. नङ पालिस हटाउनका लागि घरेलु विधि प्रयोग गर्नुहोस् । कपासलाई एउटा डल्लोलाई मट्टीतेलमा भिजाउने र अर्को डल्लोलाई कागतीको रसमा । कागतीको रसमा डुबेकोे कपासको डल्लोलाई नङमा दल्नुहोस् र त्यसपछि मट्टीतेल भएको कपासको डल्लोलाई रगड्नुहोस् । यस्तो गर्नाले नङ पालिस निस्किन्छ । अन्त्यमा पुनः कागतीको रस भएको कपासको डल्लो नङमा लगाउनुहोस् । यस्तो गर्नाले ताजा नङ पालिस लामो समयसम्म रहिरहन्छ ।

६. शीघ्र नङ पालिस सुकाउन लगाएको एक मिनेटपछि बरफको पानीमा नङलाई भिजाउनुहोस् । यस्तो गर्नाले नङ पालिस चाँडै सुक्छ र पालिसको चमक पनि रहिरहन्छ । ७. नङ पालिस लगाउनुअघि नङमा बदामको तेल लगाउनुहोस् । यसो गर्नाले नङ कडा हुँदैनन् ।

८. नङको धब्बा हटाउन आलुको रस लाभप्रद हुन्छ । कागतीको रसले पनि धब्बा जान्छ । ९. नरिवलको तेलले नङ मालिस गर्दा नङ सुन्दर, चम्किला र कोमल बन्छन् ।

प्रतिकृया दिनुहोस्