सोमबार , चैत्र १३, २०७९

कतारमा विश्वकपको मेला छ, विश्वकप पूर्वाधार निर्माण गर्दा कतारमा ज्यान गु माएका यी नेपाली परिवारको पीडा कसले सुन्छ !

मंग्सिर १२, २०७९ सोमबार 344

अहिले संसारको ध्यान कतार विश्वकपले तानेको छ । संसारले मनोरञ्जन लिइरहेको यो खेल–उत्सवको अर्को पाटो उत्तिकै अँध्यारो छ । विश्वकप पूर्वाधार निर्माण गर्दा कतारमा ज्यान गु माउने एक हजार बढी नेपाली परिवारका लागि यो कुनै उत्सव नभई पीडा बल्झाउने क्षण मात्रै हो ।

बर्दिया मधुवन नगरपालिका वडा नं. ४ का भीमबहादुर लोहार २०६७ सालमा काम गर्न कतार गएका थिए । उनले करिब १० वर्षसम्म कतारमा काम गरे । उनकी श्रीमती सीता सुनार भन्छिन्, ‘श्रीमानले काम गर्ने कम्पनीले कतारमा भवन र स्टेडियम बनाउने काम गर्थ्‍यो। उहाँ गाडी चलाउने, गाडीको मर्मत गर्ने, बिजुलीको वाइरिङ गर्ने, एसीहरूको मर्मत गर्ने जस्ता काम गर्नुहुन्थ्यो ।’

सीताका भनाइमा झन्डै १० वर्षसम्म त्यही कम्पनीमा काम गरे उनका पतिले। तलब भनेको महिनाको नेपाली ३० देखि ३५ हजारसम्म हुन्थ्यो । मेरो श्रीमान्‌को स्वास्थ्य राम्रो थियो । स्वास्थ्य सम्बन्धी समस्या भएर कुनै औषधि खाएको मैले थाहा पाएकी थिइनँ ।

एक दिन बिहान फोन गर्दा फोन उठेन । धेरै पटक फोन गरेपछि सुपरभाइजरले फोन उठाएर ज्वरो आएर अस्पताल लगेको छ भने । त्यसपछि सुपरभाइजरले पनि फोन उठाएनन् । भोलिपल्ट २९ पुस २०७८ मा आफन्तहरूबाट श्रीमानको मृ त्यु भएको भन्ने खबर आयो ।

सीता भन्छिन्, ‘उहाँको शवसँगै आएको कागजमा प्राकृतिक मृ त्यु भनेर लेखेको छ । के कारण, कसरी मृ त्यु भयो भन्ने अझै पनि मलाई राम्रोसँग थाहा भएन । मृत्यु हुनु भन्दा पहिले पाँच महिना काम गरेको तलब पाउनुभएको थिएन । मृ त्यु भएपछि २ लाख ९५ हजार रुपैयाँ कम्पनीले दियो । त्यो रुपैयाँ तलब बापत दिएको हो कि अन्य संचय कोष बापत दिएको हो, थाहा भएन ।’

श्रीमानको मृ त्युपछि १० दिनमा शव घर आयो । सीताको परिवारले बीमा बापत १४ लाख र श्रमबाट ७ लाख रुपैयाँ पाएको छ । १२ वर्षकी छोरी कक्षा ६ मा पढ्छिन् । उनले विदेशमा कमाएको पैसाले ऐलानी जग्गामा घर बनाएका छन् । अन्य जग्गा–जमिन केही छैन । जीविका चलाउन गा ह्रो छ ।

सीता भन्छिन्, ‘छोरीको पढाइका लागि छात्रवृत्तिको व्यवस्था मिलाउनका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिएकी छु, तर आजसम्म केही खबर आएको छैन ।’जनकपुरधाम-जटही सिक्सलेन सडकबाट २५ मिटर पूर्व गल्लीमा हिंडेपछि बुधन पण्डितको घर आइपुग्छ । दुई धुर जग्गामा चारैतिर इँटाको पर्खाल र माथिबाट जस्ता पाताको छानो छ । एउटा कुनामा जस्तापाता पुगेको पनि छैन । त्यहाँ प्लास्टिक त्रिपालले टालटुल पारिएको प्रष्टै देख्न सकिन्छ ।

घरको भित्तामा प्लास्टर छैन, न त भुइँमा ढलान नै । वर्षाको बेला चुहिन्छ, पानीपानी हुन्छ । बस्न सक्ने अवस्था समेत हुँदैन । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा पर्ने त्यो सानो झुपडीमा गुजारा गरिरहेका छन् विदेशी भूमिमा एक वर्षअघि ज्यान गुमाएका ४२ वर्षीय बुधन पण्डितको परिवार ।

बुधनकी ३६ वर्षीया श्रीमती उर्मिला, जेठो छोरा उमेश (१९) र कान्छो दिनेश (१७) जसोतसो जीवन धानिरहेका छन् । २०७८ असोज ७ गते बुधनको कतारस्थित दोहामा एयरपोर्टको रनवे बनाउने क्रममा मृत्यु भएको थियो ।खाना खाएर श्रीमती उर्मिलासँग कुरा गर्दै गर्दा पछाडिबाट बुल्डोजरले किचिएर बुधनको मृत्यु भएको थियो । कतारमा मंसिर ४ देखि भइरहेको पाँचौं एशियाली विश्वकप फुटबलको तयारी स्वरुप एयरपोर्टको रनवे तयार गर्ने काममा लागेका थिए, बुध न ।

कतारको नाइलबीम हार्म स्ट्रोन कन्स्ट्रक्सन कम्पनीमा उनी लेबरको काम गर्थे । चार वर्षअघि कतार गएका बुधन मृ त्युपश्चात् १४ दिनपछि बाकसमा स्वदेश फर्किए । अहिले उनको परिवार ससुराको जग्गामा सानो झुपडी बनाएर आश्रय लिइरहेको छ । आर्थिक रूपमा विपन्न उनको परिवारको साँझ–बिहानको चुल्हो छोरा उमेशको ज्याला–मजदुरीबाट बल्छ ।

शव आएपछि सरकारले किरिया खर्च स्वरुप २५ हजार रुपैयाँ मात्र दिएको थियो । तर, घटनाको एक वर्ष बि त्दा पनि उनको परिवारले श्रम विभागबाट न त बीमा रकम पाएको छ, न त कार्यरत कम्पनीबाट क्षतिपूर्ति नै । श्रम विभाग र राजदूतावासमा बीमा रकम र क्षतिपूर्तिका लागि सबै कागजी प्रक्रिया पुर्‍याएर दौ डधुप गर्दा पनि कुनै सुनुवाइ छैन ।

‘बुवाको मृत्युपछि इन्स्योरेन्सको जति दाबी गर्नुपर्ने थियो, गरें । अहिलेसम्म श्रम विभागबाट एक रुपैयाँ बीमा रकम पाएको छैन । दौडधुप गरिरहेको छु, जान्छु, म्यासेज गर्छु कुनै रेस्पोन्स छैन’ दिनेशले दुःखेसो सुनाउँदै भने, ‘नेपाल सरकारले केही गरेन । कम्तीमा दूतावासले त्यहाँको कम्पनीलाई क्लेम गर्न सक्छ नि ! त्यहाँ पनि सबै डकुमेन्ट दिंदा कुनै वास्ता नै छैन ।

‘श्रीमान्को कमाइले घरपरिवार चल्थ्यो । अब यो जग्गामाथि पनि मुद्दा परेको छ । कान्छो छोरो जसोतसो पढिरहेको छ, त्यो पनि जेठो छोरो उमेशको मजदुरीले’ उर्मिलाले भनिन्, ‘श्रीमानको मृत्युपछि बीमा रकम र क्षतिपूर्ति पाइएन । छोराको भविष्यलाई लिएर चि न्ता छ । हामीलाई सुरक्षित महसुस भइरहेको छैन ।’

‘नेताहरू स्वेच्छाचारी भए । चुनावमा मत किनेर जितेर जान्छन् । स्वदेशमै रोजगारीको वातावरण बनाउनेतर्फ केही सोच्दैनन् । सोचेको भए आज म जस्ताको छोरो विदेशी भूमिबाट बाकसमा बन्द भएर आउने थिएन होला’, ६५ वर्षीय बलदेव साहले भावुक हुँदै भने।

प्रतिकृया दिनुहोस्