शनिबार , जेठ २७, २०८०

अस्पतालको चरम लापरवाहीका कारण, रुघाखोकीले थलिएकी प्रशंसाको उपचारको क्रममा निधन

फागुण १०, २०७९ बुधबार 237

काठमाडौं । अढाई वर्षकी बालिका प्रशंसा गौतमको अस्पतालको लापरवाहिका कारण मृत्यु भएको परिवारले आरोप लगाएको छ । ४ दिनसम्म सामान्य रुघा खोकी भन्दै थप उपचार नगरेको र प्रशंसाको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचार गराइरहेको हिमाल अस्पतालले कान्तीबाललाई रिफर गर्छ ।

कमलपोखरीस्थित हिमाल हस्पिटलले ४ दिनसम्म सामान्य अवस्था भन्दै झुलाएर अन्तिम समयमा आएर कान्तीबाल अस्पताल रिफर गर्छ । तर कान्तीले बेड नभएको भनेपछि परिवारले मेट्रो हस्पिटल लैजान्छन् । मेट्रो हस्पिटलमा उपचारका क्रममा अढाई वर्षकी बालिका प्रशंसा गौतमको निधन हुन्छ ।

कुनै गम्भीर रोगको सिकार नभएकी बालिकाको निधनले गम्भिर प्रश्न उव्ज्याएको छ । मोरङ पथरीका गौरव दर्पण अर्थात गंगा गौतमकी छोरी प्रशंसाले सुरुदेखि नै विज्ञ चिकित्सकको उपचार पनि पाइन् । तर पनि उनको निधन भयो । प्रशंसाको उपचारका लापरबाही भएको दावी गर्दै उनका बाबु गौरवले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका छन् । प्रशंसाको निधनमा बालरोग विशेषज्ञ डाक्टर जयदेव यादव मुख्य दोषी रहेको दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस्