नेपालगन्ज ,कुनैबेला निकै भाइरल बनेकी अर्चना पनेरुको एउटा नयाँ फोटो यतिबेला सामाजिक सञ्जालमा निकै चर्चामा छ ।
एकताका पोर्न स्टार बन्छु भनेर सामाजिक सञ्जालमा निकै चर्चा पाएकी कलाकार हुन् अर्चना पनेरु । वर्षौदेखि हराएकी उनी अचानक नयाँ तस्बिर सहित पुनः सामाजिक सञ्जालमा आएकी छन् । यस्तो छ उनको भाइरल तस्बिर
यो पनि,मेरो फिल्मले बिहिबारमात्र नायिका स्वस्तिमा खड्का र वर्षा राउतले निर्मात्रीबाट निर्देशक बन्न लागेकी कृषा चौलागाइको फिल्ममा काम गर्न लागेको खबर सार्वजनिक गरेको थियो ।
यो फिल्मको नाम तय भएको छैन भने वर्कशप चलिरहेको छ ।यो फिल्मको बारेमा मेरो फिल्म लाई अर्को खबर। प्राप्त भएको छ । कृषाले फिल्मका लागि वर्षा अघि नायिका आँचल शर्मालाई अफर गरेकी थिइन् ।
आँचलसँग एक चरण मिटिङ पनि भएको थियो । तर, आँचलले फिल्ममा काम गर्न अस्विकार गरेको श्रोतले बताएको छ ।यी दुईलाई फिल्ममा देख्ने दशृकको इच्छा पूरा हुन के गर्ला त्यो भने समयले देखाउला ।
आँचल र स्वस्तिमालाई एउटै फिल्ममा अटाउन कृषाले ठूलो पहल गरिन् । तर पटक पटकको भेट र छलफलमा पनि आँच्ल तयार न एको स्रोतको दाबी छ ।
स्वस्तिमा र आँचलले प्रकाश सपुतको हिट गीत ‘कुरा वुझ्नु पर्छ’मा काम गरेका थिए । यसपछि, यी दुइले एकसाथ काम गरेका छैनन् ।
आँचल फिल्म ‘नाई नभन्नु ल ६’मा व्यस्त छिन् भने स्वस्तिमाले ‘चिसो मान्छे’पछि कृषाको फिल्म साइन गरेकी हुन् ।
प्रतिकृया दिनुहोस्