काठमाडौं । गायिका डा. त्रिशला गुरुङले अन्तत उनै प्रेमी भनिएका संगीतकार रोहित शाक्यसँग विबाह गरेकी छिन् । कुनै समय शाक्यलाई उनका प्रेमी भनेर समाचारमा छाउँदा आपत्ति जनाएकी त्रिशलाले अन्तत बिहिबार उनैसँग लगनगाँठो कसेकी हुन् ।
संगीतकार रोहित उनै हुन्, जसलाई त्रिशलाको प्रेमी भनेर सञ्चारमाध्यमले सार्वजनिक गर्दा घरपरिवारबाट त्रिशलाले धेरै गाली समेत खाएकी थिइन् ।
धेरै गाली खाएका कारण प्रेमीलाई मिडिायबाट टाढै राखेकी उनले राजधानीमा आयोजित एक पत्रकार सम्मेलन नै गरेर समाचारप्रतिआपत्ति जनाउँदै देखाएको प्रतिक्रिया घरपरिवारबाट बच्नका लागि भन्ने अहिले आएर खुलेको छ ।
सो सम्मेलनमा उनले आफ्नोबारे आएका सबै समाचारहरु झूटो भएको र यस्ता अनावश्यक समाचारहरुले घरपरिवारमा पनि समस्या निम्त्याएको बताउँदै परिवारलाई खुशी पार्न खोजेकी थिइन् ।
प्रतिकृया दिनुहोस्