आइतबार , जेठ १४, २०८०

भारतिय अभिनेत्री सबाना आजमीले भनिन् ‘दयाहाङ मेरा प्रिय अभिनेता हुन्’

मंग्सिर ११, २०७९ आइतबार 437

काठमाडौं ।

भारतीय समानान्तर फिल्मकी चर्चित अभिनेत्री सबाना आजमी यतिबेला नेपाली राजधानीमा छिन् । उनले नेपाली रंगमंचको विस्तारप्रति खुसी भएको बताएकी छन् ।

दोस्रोपटक नेपाल आइपुगेकी आजमीले आफु ‘नेपालको कला संस्कृतिको सदैव प्रशंसक भएको बताइन् । ‘नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरको बनेको छैन भन्दै नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण हुनुपर्नेमा जोड दिनुपर्ने बताइन् ।

फिल्म नहेरेपछि आफू नेपाली संगीतसँग भने परिचित भएको भन्दै आफू नेपाली अभिनेता दयाहाङ राई र अभिनेत्री रेणुनाथ योगीसँग परिचित भएको बताइन् ।

नाट्य महोत्सवमा शनिबार बेलुका आजमीले रंगमञ्च र अभिनयबारे मास्टरक्लास पनि दिएकी छन् । सबानाले हालै हलिउड निर्देशक स्टिभन स्पिलवर्गको पछिल्लो फिल्म ‘हेलो’मा नकारात्मक चरित्रमा अभिनय गरेकी छन् ।शनिबार दिउँसो काठमाडौंका केही पर्यटक स्थल घुमेकी उनी आइतबार भारत फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्