पछिल्लो समय शर्मिला वाइबा र ऋषि धमलाको काण्डले सामाजिक संजाल राँकिएको छ । शर्मिला वाइबाले केही दिन अगाडि ऋषि धमला लाई आफ्नो प्रेमी रहेको दावी गरेकी थिइन । त्यतिमात्र हैन उनले धमला संग विगत ११ वर्षको उमेरदेखि प्रेम सम्बन्ध रहेको कुरा समेत आरोप लगाएकी थिइन ।त्यसपछि उनले माफी समेत मागेकी थिइन ।र उनले आफुलाइ उक्साएको भरमा सो आरोप लगाएको बताएकी थिइन ।
यसबीच शर्मिला वाइबाले टिकटकमा लाइभ आएर गायिका समिक्षा अधिकारीले आफुलाइ मेसेज गरेर । मलाई मात्र भन्नू हुन्थ्यो नि तपाइँलाई पनि परेछ त आज । बल्ल ठिक्क पर्यो भनेर मेसेज गरेको समेत बताइन । उक्त भिडियो हामिले तल समावेस गरेका छौ ।
गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने बताएकी छन्।सामाजिक संजालमा बिहिबार एक पोष्ट गर्दै उनले यस अगाडि २४ अक्टुबर २०२१ मा सार्वजनिक आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुनयमा लेखिएको बताएकी छन्।
उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिनँ। २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिएँ। अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु।’
गत २४ अक्टोबरमा उनले पल र आफ्नोबीच अभिभावकको सम्बन्ध भएको भन्दै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्रहत्या भएको बताएकी थिइन्। तर बिहिबारको पोष्टपछि उनले शो स्टाटस नै झुट भएको बताएकी हुन्।
मिडियाले पलसँग जोडेर आफ्ना बिभिन्न समाचार र गसिफ लगातार बनाएपछि उनले फेसबुकमार्फत स्पष्टिकरणका रुपमा पल र आफूबीच कुनै सम्बन्ध नरहेको भन्दै २४ अक्टोबरमा एक पोष्ट गरेकी थिइन्।
प्रतिकृया दिनुहोस्