आइतबार , जेठ १४, २०८०

गोंगबुमा मोबाइल लुटेको आरोपमा ४ जना पक्राउ

फागुण २, २०७९ मंगलबार 127

काठमाडौं : गोंगबुमा सोमबार भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाटमा संलग्न रहेकामध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त, महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रहरी वृत्त बालाजुको दुई वटा गाडी पनि तोडफोड भएको थियो । घटनालाई लिएर बालाजुका डीएसपी रविन विष्ट उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका छन् ।

कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार प्राप्त भिडियो फुटेजहरुको आधारमा चोरीमा संलग्नहरुको खोजी कार्य जारी छ ।

प्रतिकृया दिनुहोस्