बिहिबार , जेठ २५, २०८०

काठमाडौँको बालाजु क्षेत्र तनावग्रस्त, प्रहरीका दुई वटा गाडी जलाइयो

फागुण १, २०७९ सोमबार 196

काठमाडौँ । काठमाडौँको बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । यातायात व्यवसायीहरुले गरेको प्रदर्शनका कारण बालाजु क्षेत्र अहिले पनि तनावग्रस्त नै छ ।

यातायात व्यवसायी र मजदुरहरुले सडकमा टायर बाल्दै प्रदर्शन गर्दा दुई पक्षीय झडप भएको छ । मजदुरहरुले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गरेका हुन् ।

आक्रोशित आन्दोलनकारीले प्रहरीका दुई वटा गाडी समेत जलाएका छन् । प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर समेत जलाइदिएका छन् । यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा यो क्षेत्रमा तनाव उत्पन्न भएको हाे । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको छ ।

यातायात व्यवसायीको आन्दोलनका कारण बालाजु चोक, माछापोखरी र बसपार्क क्षेत्रमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

प्रतिकृया दिनुहोस्