आइतबार , जेठ १४, २०८०

नक्कली `मेमोरी किङ्गʼ बिजय शाहीले दुबै खुट्टा नचल्ने अवस्थामा रूदै भन्छन्, मेरो परिक्षा नलिनुस भगवान!

माघ २९, २०७९ आइतबार 834

काठमाडौं-

आफूलाई ममोरी किङ्ग बताउँदै आएका बिजय शाही लेख्छन्:

“खुट्टा नचलेकोनि आज ३ दिन भइसक्यो, निको हुने कुनै सुरसार देखिदैन, आश मर्न लाग्यो, अपाङ्गनै बनाउनु थियो भने जन्मजातनै अपाङ्ग बनाइदिनुपर्ने भगवान तर बिचमा आएर मेरो परिक्षा नलिदिनुस। भगवान मलाई छिटो निको बनाइदिनुहोस।

निहारिका राजपुत र शिवराजले गरे विवाह

२७ माघ, जनकपुरधाम। कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन्।

उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन्। बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन्।

तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो।

मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए। जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन्।

निहारिकाले आफू ब,लात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन्। त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेकी थिइन्। उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बसेकी थिइन्।

यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो। तर, जिल्ला अदालत, धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको थियो। सविरुद्ध निहारिका उच्च अदालत जनकपुर पुगेकी थिइन्। उनको विरोधपछि बलात्कारको मुद्दामा प्रमाणको मूल्यांकन नगरी आरोपीलाई सफाइ दिएको भन्दै धनुषाका तत्कालीन जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई पनि जिल्ला अदालत तानिएका थिए।

बलात्कार सम्बन्धी मुद्दा उच्च अदालतमा अझै विचाराधीन छ। निहारिकाले बच्चा शिवराजको नै भएको बताउँदै डीएनए परीक्षणको माग गरेकी थिइन्। परीक्षण गर्दा डीएनए पनि मिलेको थियो।

प्रतिकृया दिनुहोस्