शनिबार , चैत्र ११, २०७९

प्रदेशी भाईको रोदन, मेरो अपाङ्ग दिदीलाई यो पापीले छोडेन

माघ २८, २०७९ शनिबार 308

मेरो दिदी अपांग हुनुहुन्छ । तर पनि पापिले मेरो दिदिलाई छोडेन, मेरो घर सुखिपुर नगरपालिका वडा नम्बर 3 कुसहा लक्ष्मीनिया हो म विपन्न वर्ग परिवार बाट भएको

कारणले गर्दा म लाई र मेरो परिवारलाई कसैले सहयोग गरेको छैन ।त्यसै कारण ले म हजुरहरु संग सहयोगको अपेक्षा राखी यो पोस्ट गर्न गैरहेको छु ।

मेरो दिदी ललिता कुमारी मंडल अपांग हुनुहुन्छ । म आफ्नो जीवन यापन चलाउन वैदेशिक रोजगार को सिलसिलामा कतार आएको छु। दिदीआमा बुवा घरमै काम गरि जीवन यापन गर्दै हुनुहुन्छ ।

यसै क्रममा मेरो दिदी बाख्रा चराउन जादा मेरै गाउँको कोसिलाल यादवको छोरा चन्दन यादवले जवर्जस्ती करणी गरेको हुनाले हामी सारै अन्यायमा पुगेका छौ ।

मेरो दिदी राम्रोसँग बोल्न सक्दैन, हिड्न सक्दैन त्यसैको फाइदा उठाई बारम्बार जवर्जस्ती करणी गरि मेरो दिदिको पेटमा बच्चा बोकाई अहिले उल्टै चन्दन यादवको परिवारले मेरो ममिलाई गाली बेजती र कुटपिट गरिरहेको छ ।

किन भने हामी पीडित विपन्न वर्ग का परेको हुनाले कोहि कसैले चासो राख्दैन । दिन प्रतिदिन मेरो दिदिको समस्या जटिल हुन पुगदैछ ।

तर केटा घरबाट फरार भै अनेकौं प्रकारका चाल चल्दै छ । दिन प्रतिदिन मेरो आमाले थाना जादा हेरिरहेको छ, पतारी थानामा हासको मासु, रक्सी लिएर विपक्षी र विपक्षीका चम्चा हरु ओहर दोहर गरिएको छ ।

यता चन्दन यादव को बुवा उल्टै थर्काउदैछ छ कि तिमीहरू जस्ता धानुकले केही गर्न सक्दैनौ म अदालत लाई किनिहाल्छु, प्रहरीलाई किनि हाल्छु सरकारी वकिललाई किनिहाल्छु त्यति हिमत छ म मा तर तिमिहरुलाई छोडदिन ना-ना थरिका गाली दिईरहेको छ ।

के यो हाम्रो देशमा न्याय छैन हामिहरु निमुखालाई कसैले न्यायको लागि सहयोग गर्दैन, म र मेरो परिवार हजुरहरु संग अनुरोध गर्द्छु कि कृपया हामिलाई न्याय दिलाउनु सहयोग गर्नुस ! साथ साथै चन्दन यादव लाई जहा देख्नु हुन्छ त्यही नै समाती जन गर्नु जिल्ला प्रहरी लाई जानकारी गराइदिनु हुन अनुरोध छ ।

ज्वाला संग्रौलाको फेसबुक वाल बाट

प्रतिकृया दिनुहोस्