संचारकर्मी ऋषि धमला विगत केही दिनदेखि सामाजिक संजालमा विभिन्न कारणले चर्चामा छन् । ३ दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऋषिलाई पत्रकारिताको सर्कस भएको बताएका थिए । त्यसको भोलीपल्ट अर्थात सोमबारबाट भने उनको नाम शर्मिला वाइबा नाम गरेकी महिलासँग जोडिएको छ ।
एकाएक मिडियामा आएर शर्मिलाले ऋषिसँग आफ्नो सम्बन्ध लामो समयदेखि रहेको बताएपछि यसले सामाजिक संजालमा बहस नै सिर्जना गरेको छ । ऋषिले भने यस्तो वेतुकको बिषयमा बोल्न आवश्यक नरहेको पनि तर्क गरेका छन् ।
यसैबिच, ऋषिको नाम शर्मिलासँग जोडिएर आएपछि नायिका तथा धमला पत्नी एलिजा गौतमले सामाजिक संजालमा स्टाटस लेख्दै आफ्नो माया कहिले कम नहुने उल्लेख गरेकी छिन् । एलिजा लेख्छिन्–‘जिन्दगीमा कहिले आधी आउँछ, कहिले हुरी आउँछ । तर, तिम्रो र मेरो माया प्रेम कहिले घट्नेवाला छैन । सँगै बाँच्ने सँगै मर्ने कसम खाएर अगाडि बढेको हाम्रो जीवन सात जुनीसम्म पनि हजुरलाई नै पाउँ पनि भगवान्सँग प्रार्थना गर्दछु ।’
उनले, धेरै माया भन्दै रोज डेको शुभकामना समेत दिएकी छिन् । ऋषिको नाम लिदै शर्मिला वाइबाले अन्तरवार्ता दिएपछि अधिकांश मानिसहरुले एलिजाको प्रतिक्रिया के होला भनेर प्रतिक्षा गरेका थिए । एलिजाले भने आफ्नो माया कहिले कमी नहुने भन्दै ऋषिलाई दरिलो साथ दिएकी छिन् ।
साथै हिजो उनले ‘मलाई १ सय ३ डिग्रीको ज्वरो आएको छ’ भन्दै कार्यक्रममा देखिएका उनि टीभी स्क्रिनबाट रविलाई ९ मिनेटजति ‘पाठ’ पढाउन भ्याएका थिए । आफ्नो कार्यक्रम युट्युबमा हाल्नुअघि धमलाले ‘हेडलाइन’ आफैं राख्छन्, अरुले राखेको भए उनले सहमति दिएपछि मात्रै युट्युबमा राखिन्छ ।
हिजो धमलाले बोलेको भिडियोको हेडलाइन ‘ऋषि धमलाले किन गरे रवि लामिछानेको प्रशंसा ? चुनाव जितेर प्रधानमन्त्री बन्ने घोषणा’ भन्ने राख्न लगाएका छन् । भिडियोमा उनले पूर्वाग्रही भएर आफूले पत्रकारिता गरेको प्रमाण लिएर आउन रविलाई चुनौती मात्र दिएका छैनन्, पुष्टि भए पत्रकारिता नै छोडिदिने घोषणा गरेका थिए ।
साथै रविलाई सोचविचार गरेर बोल्न चेतावनी पनि दिएका छन् । हेडलाइनमा भनिएजस्तो प्रधानमन्त्री बन्ने दाबी गरेका छैनन् भने प्रशंसाको साटो पाठ ज्यादा पढाएका छन् । ७ मिनेटजति रविलाई ‘ननस्टप’ उपदेश दिएपछि धमला भन्छन्, आजको कार्यक्रममा हामी यसै विषयमा चर्चा गर्न चाहन्छौँ ।
त्यसपछिको भागमा उनी ‘हाम्रो देशका सञ्चारकर्मीहरू के गलत समाचार सम्प्रेषण गर्ने व्यक्ति हुन् त ?’ भन्ने प्रश्नका साथ पूर्वसञ्चारमन्त्री एवं जसपा नेता राजकिशोर यादवसित अन्तर्वार्ता लिएर आउँछन् । बिरामी धमलाले करिब ३५ मिनेट यादवसँग अन्तर्वार्ता गरेका थिए । अब हेर्नुहोस यो पुरा भिडियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अधक्ष रवि लामिछानेकी पत्नि निकिता पौडेलले रविलाई ढाडस दिँदै आम मान्छेको मनमा बसेको मान्छे भएको बताएकी छिन् । निकिताले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् आम-संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी ।
उनी अगाडी लेख्छिन् मेरो मान्छे, जनताको मान्छे हो। आम(संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी। हिजो तिमी जनतालाई दुख्दा कराउथ्यौ यस पटक आफैलाई दुखेर कराएको हौं। मलाई यस्तै हिम्मतिलो तिमी मन पर्छ। निडर,निर्भीक रवि लामिछाने, जनताको रवि लामिछाने, मेरो रवि लामिछाने।
भगवानले सधै तिम्रो रक्षा गर्छन्। पत्नि निकिताले जस्तै रविलाई रास्वपाका नेताहरुले पनि नआत्तिन र निर्भिक भएर अघि बढ्न सुझाव दिएका छन् । पूर्व स्वास्थ्यराज्यमन्त्री तथा ललितपुर ३ कि प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई विचलित नहुन आग्रह गरेकी छिन् ।
समाजिक संजालमा स्टाटस लेख्दै नेतृ कार्कीले भनेकी छिन् विचलित नहुनुहोस् सभापतिज्यू । जनता आँफुसँग साथमा भएको उल्लेख गर्दै नेतृ कार्कीले भनेकी छिन्हजुर कत्ति पनि विचलित नहुनुहोस् सभापतिज्यू, हामी साथमा छौँ। हामीसँग जनता साथमा छन्।
जनतासँग गरेको एक(एक बाचा भुलेका छैनौँ। भुल्ने छैनौँ । सभापति रवि लामिछानेले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिलाई आइतबार र सोमबार फेरी ठूला मिडियाले अनियन्त्रित अभिव्यक्ति भन्दै समाचार छापिरहेका बेला नृतृ कार्कीले विचलित नहुन भन्दै ढाडस दिएकी हुन् ।
उनले लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता हुने भन्दै उनले सत्य, साहस, निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि जनताकै भएको बताएकी छिन्। उनी अगाडी लेख्छिन् हामी जहाँ उभिन्छौँ जनताको मुद्दाको वकालत त्यहीँबाट गर्छौँ र गरिरहन्छौँ। लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता हुन्।
त्यसैले सत्य, साहस, निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि खुद जनतालाई नै सुम्पेका छौँ, उनले भनिन्। आफूले मागेको गृह मन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट हटेको आरोप लागिरहेका बेला सभापति लामिछानले भने आँफुले गृह नपाएर सरकार छाडेको कुराको भने खण्डन गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्