सोमबार , चैत्र १३, २०७९

ऋाषी धमला र सर्मिला बिच खट्पट १७ वर्षकै उमेरमा प्रयोग गरियो भन्दै सर्मिला भावुक रबि दाइ ज्यान दिन्छु

माघ २४, २०७९ मंगलबार 529

ऋषि धमला, यो नाम सुन्दा धेरैको मगजमा धेरै खालका आकृति घुम्छन् । कसैले जाँगरिलो कार्यक्रम प्रस्तोता सम्झेलान्, कसैले हल्काफुल्का अन्तर्वार्ताकार । धमलाकाे हमलाबाट अर्काे परिचय बनेकाे छ मनोरञ्जन दिलाउने व्यक्ति।

प्रश्न र प्रस्तुतिको गहिराई बहसको छुट्टै पाटो होला तर ऊर्जाशील खटाइ र रोचक प्रस्तुति ऋषि धमलाको खास विशेषता हो । अर्को, उनी आलोचना पचाउन सक्ने पात्र पनि हुन् । बेलाबखत उनले अन्य मिडियालाई समेत राजनीतिक खुराक’ दिने गरेका छन् ।

शीर्ष नेतासमेत आफ्ना भनाइ धेरै जनतामाझ पुर्‍याउनुपर्दा सबैभन्दा पहिला धमलालाई नै रोज्न पुग्छन् । जे होस्, सकारात्मक वा नकारात्मक कारणले धमला चर्चाको केन्द्रमा रहिरन्छन् ।प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्’ कार्यक्रम धमलाको चर्चित शो हो ।

यो कार्यक्रममा धमलाले नेताहरूलाई जुधाउनेदेखि बार परिसरमै लाप्पा खेलेका वकिलहरूलाई मिलाउनेसम्मको काम गरिसकेका छन् । हिजो कार्यक्रमको पहिलो भागमा धमला एक्लै देखिए । ज्वरोले थला परेका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘जोकरको संज्ञा दिएपछि जुरुक्कै उठेर कार्यक्रम चलाउन आएको धमलाले प्रस्टीकरण दिए ।

‘मलाई १ सय ३ डिग्रीको ज्वरो आएको छ’ भन्दै कार्यक्रममा देखिएका उनले टीभी स्क्रिनबाट रविलाई ९ मिनेटजति ‘पाठ’ पढाउन भ्याएका छन् । आफ्नो कार्यक्रम युट्युबमा हाल्नुअघि धमलाले हेडलाइन आफैं राख्छन्, अरुले राखेको भए उनले सहमति दिएपछि मात्रै युट्युबमा राखिन्छ ।

हिजो धमलाले बोलेको भिडियोको हेडलाइन ‘ऋषि धमलाले किन गरे रवि लामिछानेको प्रशंसा ? चुनाव जितेर प्रधानमन्त्री बन्ने घोषणा’ भन्ने राख्न लगाएका छन् । भिडियोमा उनले पूर्वाग्रही भएर आफूले पत्रकारिता गरेको प्रमाण लिएर आउन रविलाई चुनौती मात्र दिएका छैनन्, पुष्टि भए पत्रकारिता नै छोडिदिने घोषणा गरेका छन् ।

साथै रविलाई सोचविचार गरेर बोल्न चेतावनी पनि दिएका छन् । हेडलाइनमा भनिएजस्तो प्रधानमन्त्री बन्ने दाबी गरेका छैनन् भने प्रशंसाको साटो पाठ ज्यादा पढाएका छन् । ७ मिनेटजति रविलाई ‘ननस्टप’ उपदेश दिएपछि धमला भन्छन्, आजको कार्यक्रममा हामी यसै विषयमा चर्चा गर्न चाहन्छौँ ।

प्रतिकृया दिनुहोस्