सोमबार , चैत्र १३, २०७९

साउदी अरबमा काम गर्दागर्दै अस्ताए मुकेश। हार्दिक श्रद्दाञ्जली

माघ १९, २०७९ बिहिबार 461

साउदी अरबमा काम गर्दागर्दै अस्ताए मुकेश। हार्दिक श्रद्दाञ्जली

साउदी अरबमा एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । पर्देश नम्बर एक धनकुटा ७ घरभई हाल धरानमा बस्दै आएका मुकेश राई करिब १० बर्ष देखि साउदी अरबको पूर्वी प्रान्त खोबर-दहरान अवस्थित एउटा प्रतिष्ठित सुपरमार्केटमा काम गर्दै आएका थिए !

उमेरले ४० पुगेका मुकेशको गत सनिबार (डिसेम्बर १७ तारिख)
मध्यान्ह करिब १२:४० हृदयघातका कारण अस्पताल पुग्न नपाउँदै बाटोमै मृत्यु भएको थियो।

हामि बिहान ७बजे कार्यस्थलम पुग्यौं, करिब चार घन्टा पष्चात मुकेशले मुटु दुख्नथालेको भन्दै आफ्नो कम्पनीमा आएका अल्मराईका बजार प्रतिनिधि श्रीलंकन‌् नागरिक लाई आफुलाई अस्पतालसम्म पुर्याईदिन आग्रह गरे तर १० मिनेट को दुरीमा रहेको अश्पताल पुग्ननपाउदै उनको बाटोमै मृत्यु भएको उनकै कम्पनी कार्यरत मेखबहादुर मैनालीले बताए ।

साउदी अरबको एउटा प्रतिष्ठित सुपर मार्केटमा काम गर्दै आएका राईको शवलाई छिटो भन्दा छिटो नेपाल पठाउने कामले तिब्रता पाएको र अबको केही दिनमा शव नेपाल पुग्ने बताइएको छ ।

राईको एक छोरा र श्रीमती रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्