सोमबार , चैत्र १३, २०७९

अष्ट्रेलियामा नेपाली नर्स अस्मिता पाण्डेलाई साथीहरूले नै षड्यन्त्र गरेकाे र प्रहरीले अभियोग फिर्ता लिइसकेका छन् (भिडिओ)

माघ १७, २०७९ मंगलबार 321

अस्ट्रेलियामा कार्यरत नेपाली नर्स अस्मिता पाण्डेले प्रहरीले प=क्राउ नगरेको भन्दै आफूमाथि सहपाठीहरूले नै षड्यन्त्र गरेको बताएकी छन् । एक नर्सिङ होममा कार्यरत उनी बिरामीलाई थप्पड हानेको आरोपमा पक्राउ परेको भनेर त्यहाँको सञ्चारमाध्यम नाइन एन न्यूजले जनाएको थियो ।

पाण्डेले एक भिडिओमार्फत सोमबार अदालतमा सुनुवाइको क्रममा आफूमाथिको मुख्य आरोप फिर्ता लिइसकेको बताएकी छन् ।

‘केही समयअघि सँगै काम गर्ने तीनजना अन्य देशका स्टाफले नियोजित रूपमा षड्यन्त्र गरेर आ-रोप लगाएका हुन् । हिजो ३० जनवरीमा अदालतमा सुनुवाइको क्रममा आफूलाई लगाएको मुख्य आ-रोप प्रहरीले फिर्ता लिइसकेको छ । अन्य आरोपको सुनुवाइ २ महिनापछि हुँदैछ ‘, अस्मिताले नेपाल प्रेसलाई पठाएको भिडिओमा भनेकी छन् ।
उनले आफू पक्राउ नपरेको भन्दै वकिलसहित अदालत गएको बताएकी छन् ।

‘हिजो कोर्ट घरैबाट गएको हो । र कोर्टको हियरिङ सकिएपछि सीधै घर फर्किएकी हुँ । नाइन न्यूज सिड्नीको एकपक्षीय समाचारमा आधारित भएर गलत समाचार सम्प्रेषण नगरिदिन हुन सम्पूर्ण नेपाली मिडियाहरूलाई अनुरोध गर्न चाहन्छु ‘, उनले आग्रह गरेकी छन् ।
nepalpress बाट प्रकासित

प्रतिकृया दिनुहोस्