धार्मिक ब्यूरो ।
वास्तुका अनुसार घरको छतमा अनावश्यक चीजहरू राख्नाले नकारात्मक ऊर्जाहरू हावी रहन्छ। माता लक्ष्मी क्रोधित हुनुहुनेछ ।यसले घरमा बस्ने सदस्यको स्वास्थ्यमा मात्रै नराम्रो असर पर्दैन, धनकी देवी लक्ष्मी पनि क्रोधित भई सधैं धन हानि हुने गर्छ ।
ज्योतिष शास्त्रका अनुसार घरको छानो पनि सफा राख्नुपर्छ । यहाँ केहि चीजहरू राख्नु धेरै अशुभ मानिन्छ। आउनुहोस्, घरको छतमा कुन–कुन चीजहरू राख्नु हुँदैन जान्नुहोस् ।
घरको छतमा यी सामानहरू नराख्नुहोस्
,
कुचिएको, फुटेको वा भाँचिएको भाँडो : मानिसहरु प्रायः घरको छतमा कुचिएको, फुटेको वा भाँचिएको भाँडो राख्छन्। यी अशुभ मानिन्छन् ।
फोहोर : घरको छतमा कुनै पनि प्रकारको फोहोर नराख्नुहोस्। यसले तपाईको भविष्य नै खराव गर्छ । छतलाई वास्ता गर्नुभएको छैन भने आजैबाट ध्यान दिनुहोस् । किनकी त्यो तपाईको शीर हो ।
पातहरू : यदि घर वरपर रूखहरू छन् भने, तिनीहरूबाट घरको छतमा पातहरू जम्मा हुन्छन् । यसरी पात जम्मा हुन नदिनुहोस् । झरेकै दिन विहान अनिवार्य फ्याक्नुहोस् ।
बाँस : घरको छतमा बाँस राख्नु पनि अशुभ मानिन्छ । यदी बाँस राख्नुभएको छ भने अहिले नै निकाल्नुहोस् ।
झाडू : घरको छतमा झाडु पनि राख्नु हुँदैन। राख्नुभएको छ भने घरको तलको भागको कुनामा लुकाएर राख्नुहोस् ।
डोरी : घरको छतमा लुगा सुकाउन डोरी बाँध्नुहोस्, तर कुनै पनि प्रकारको डोरी वा गुच्छा त्यसै राख्नु हुँदैन। डोरी धेरै भयो भने स्टोरमा ल्याएर राख्नुहोस् । डोरीको टुक्रापनि भुलेरपनि नराख्नुहोस् ।
खिया लागेको सामान : घरको छतमा कुनै पनि खिया लागेको फलामको वस्तु नराख्नुहोस्। यसले वास्तु दोष दिन्छ ।
काठका सामानहरू : कुनै पनि प्रकारका फोहोर काठका सामानहरू छतमा नराख्नुहोस्। यसले राम्रो गर्दैन ।
पुराना च्यातिएका कागज : घरको छतमा अखबार वा प्रतिलिपि पुस्तक रद्दी नगर्नुहोस्। पुराना च्यातिएका कागज अहिले नै हटाउनुहोस् ।
प्रतिकृया दिनुहोस्