बुधबार , जेठ १७, २०८०

अष्टेलियाको सिड्नीमा रुपक थापा मृ’ त भेटिए, श’ व नेपाल पठाउन पैसाको अभाब

माघ ९, २०७९ सोमबार 283

सिड्नीको ओलाई क्रिकस्थित खोलामा एक नेपाली मृ’ त फेला परेका छन् । श’ व भेटिएको घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ भने मृ’ तक रुपक थापाको श’ व परिवारलाई पठाउन मृतकका भाईको पहलमा गोफण्ड मि अभियान सुरु गरिएको छ ।

नेपालस्थित परिवारलाई श’ व पठाउन सुरु गरिएको सहयोग संकलन अभियान र श’ व पठाउन आवश्यक सबै सहयोग गर्ने बाचा एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङले गर्नुभएको छ । थापा मृ’ त भेटिएको बारे समेत अध्यक्ष गुरुङले नै पुष्टी गर्नुभएको छ ।सन् २०९ मा नेपालबाट अष्ट्रेलियाको सिड्नी आएका थापाको स्थायी घर गोरखा जिल्ला रहेको बताइएको छ ।

गो फण्ड मी मार्फत ८ हजार डलर उठाइने बताइएको छ । उता अध्ययनका लागि जापान आएका एक नेपाली युवा विद्यार्थीले आ’ त्मह’ त्या गरेका छन् । ३ बर्षअघि भाषा विद्यार्थीको रुपमा जापान आएका नेपाल गुल्मी जिल्ला घर भएका २३ बर्षिय युवाले आ’ त्मह’ त्या गरेका हुन् ।

नेपाल स्थित परिवारजनलाई खवर गराउने प्रक्रिया भइरहेको बताउँदै नि’ धन भएका व्यक्ति मगर थरका भएपनि विस्तृत परिचय खुलाइएको छैन ।साथि तथा परिवारहरुसँग जनवरी १७ तारिखदेखिनै सम्पर्क विहिन रहेका मगरको खोजी हुने क्रममा कोठामा खोजि गर्दै जाँदा मृ’ त भेटिएका हुन् ।

आईतबार मगरको कोठा खोलेर हेर्दा आ’ त्मह’ त्या गरेको अवस्थामा मृ’ त पाइएको उनका साथिहरुले बताएका छन् । आ’ त्मह’ त्या केहिदिन पहिलेनै गरेको हुनसक्ने अवस्थामा श’ व भेटिएको बुझिएको छ ।हाल मगरको श’ व पो’ ष्टमा’ र्टको लागि प्रहरी नियन्त्रणमा रहेको छ ।

घटनाको बारेमा जापानस्थित नेपाली राजदूतावासमा जानकारी गराइएको र नेपालमा परिवारलाई पनि जानकारी गराउने काम भइरहेको बताइएको छ ।जापानमा रहनुहुने जो कोहि व्यक्तिहरुले मा’ नसिक रुपमा समस्या वा अन्यकुनैपनि आ’ त्महत्याज’ न्य कृयाकलाप वा सोच आएमा परामर्श र सहयोगको लागि

जापान सरकारको ०३-५७७४-०९९२ मा फोन गरेर निशुल्क सहयोग लिन सक्नुहुन्छ ।जापानी वा अंग्रेजी भाषामा मात्र सेवा उपलब्ध रहेपनि अत्यावश्यक भाषा समस्या रहेको अवस्थामा नेपाली भाषाको सहयोगी समेत उपलब्ध गराएर तपाईंलाई सहयोग प्राप्त हुनेछ ।

यो पनि – नेपाल कास्की जिल्ला घर हुनुभएका मदन कुमार श्रेष्ठको जापानको राजधानी टोकियोमा असामयिक नि’ धन भएको छ ।कास्की पोखरा महानगरपालिका वडा नम्वर १३ गैडामुख कुडहर निवासी ५५ बर्षिय श्रेष्ठको उपचारको क्रममा अस्पतालमा जनवरी २१ तारिख शनिवार नि’ धन भएको हो ।

टोकियो कावासाकीमा विगत ७ बर्षदेखि बस्दै आउनुभएका श्रेष्ठको मुत्र थै’ लिसम्वन्धि समस्या देखिएको र ढिलो गरि रोग पहिचान र उपचार थाल्दा नि’ धन हुन पुगेको परिवारनिकट सदस्यहरुले बताएका छन् ।कुक पेसामा आवद्ध श्रेष्ठ श्रीमतीको साथमा बस्दै आउनुभएको थियो ।

श्रेष्ठको जापानमा नै दा’ हसंस्कार गरिने भएको र आगामी शनिवार जनवरी २८ तारिख दा’ हसंस्कार गरिने तयारी गरिएको बुझिएको छ ।कास्की पोखरा समाज सम्वद्ध सदस्यहरुका अनुसार श्रेष्ठको दा’ हसंस्कार तथा पीडित परिवारको सहयोगको लागि जापानस्थित संघसंस्था एवं व्यक्तिहरुमा आर्थिक सहायतका लागि अनुरोध गरिएको छ ।

सहयोग गर्न ईच्छुक व्यक्तिहरुले उल्लेखित बैंक खातामा रकम उपलब्ध गराउन सकिने र सम्पूर्ण रकम विस्तृत विवरण सहित परिवारलाई हस्तान्तरण गरिने बताइएको छ ।उता मंगलबार र बुधबार जापानमा यो वर्षकै सबैभन्दा चिसो दिन हुने अनुमान गरिएको छ ।

जापानको मौसम विभागका अनुसार मंगलबार देखि सी अफ जापानतर्फको तटीय क्षेत्र र प्रशान्त तटीय क्षेत्रमा भारी हिमपात हुनेछ । अधिकारीहरुले सर्वसाधारणहरुलाई सकेसम्म छिटै भारी वर्षा र न्यून तापमानको अवस्थाका लागि आवश्यक तयारीहरु गर्न अनुरोध गरेका छन् ।

पश्चिमी र पूर्वी जापानमा मंगलबार र बुधबारबीच हिउँदे चिसो हावाको बहाव बहने बताइएको छ । यसले उत्तर देखि पश्चिमी जापानसम्मै सी अफ जापानतर्फको क्षेत्रमा भारी हिमपात र हिमआँधी ल्याउने अनुमान गरिएको छ । हिमपात जारी रह्यो भने छोटो समयमै ठूला परिमाणमा हिउँ थुप्रिने बताइएको छ ।

देशभर नै चिसो हावा चल्ने र पूर्व र पश्चिम जापानका साथै ओकिनावा र आमामीमा समुद्रमा ठूलो छाल आउने अनुमान छ ।बुधबार बिहान साप्पोरोमा तापमान माइनस ११ डिग्री सेल्सियसभन्दा तल झर्ने विभागले बताएको छ । नागानो, सेन्डाई र टोकियोमा पनि तापमान क्रमशः माइनस ८, माइनस ६ र माइनस ३ डिग्रीमा झर्ने बताइएको छ ।

हिमआँधीका कारण यातायात अवागमन अवरुद्ध हुने र बिजुली काटिने सम्भावना रहेको विभागले बताएको छ । पानी पाइपमै जम्न सक्ने चेतावनी पनि विभागको छ । भारी हिमपात पर्ने भनिएका क्षेत्रमा सर्वसाधारणहरुलाई सकेसम्म बाहिर नजान भनिएको छ ।

प्रतिकृया दिनुहोस्