काठमाण्डौं । आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर–११ झुप्राखोलास्थित रत्नराजमार्गमा भएको हाईलेक्स गाडी दुर्घटना मृत्यु हुने चारै जना स्वास्थकर्मी भएको खुलेको छ ।
आज बिहान छिन्चुबाट सुर्खेत जार्दै गरेको गरेको वाग्मती प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलेक्स गाडी वीरेन्द्रनगर–११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने एक जना घाइे भएका छन् । मृत्यु भएका चारै जना र घाइते भएका पनि स्वास्थकर्मी भएको खुलेको छ ।
उक्त गाडी दुर्घटनामा वीरेन्द्रनगर ७ बस्ने चालक बर्ष २७ का सागर शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ बस्ने बर्ष ३१ का बबिन शाही, डुङ्गेश्वर गाउँपालिका ५ बस्ने बर्ष ३३ का दिपेन्द्र जंग शाही र दैलेख गुराँस गाउँपालिका ३ बस्ने बर्ष २६ का राजेन्द्र बिसीको मृत्यु भएको हो ।
यस्तै घाइते दैलेखको भैरबी गाउँपालिका ५ बस्ने बर्ष २५ का बिरेन्द्र राज शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको छ । उनलाई थप उपचारको लागि काठमाण्डौं ल्याउने तयारी गरिएको छ ।
प्रहरीका अनुसार मृतकहरूमध्ये तीन जना छैठौं तहका जनस्वास्थ्य निरीक्षक र एक जना औषधी व्यवसायी थिए।
दिपेन्द्रजंग डुंगेश्वर गाउँपालिका, बविन भगवतीमाई गाउँपालिका र राजेन्द्र बिसी गुराँस गाउँपालिकामा जनस्वास्थ्य निरीक्षकको रूपमा कार्यरत थिए।
सागर शाही भने औषधी व्यवसायी हुन्। उनले सुर्खेतको वीरेन्द्रनगरमा ‘रारा डिस्ट्रीब्युटर्स’ सञ्चालन गरिरहेका थिए। दुर्घटनामा परेको गाडी पनि उनैको हो। प्रहरीका अनुसार सागरले आफैं गाडी चलाएका थिए।
घाइते भएका वीरेन्द्रराज शाही पनि भैरवी गाउँपालिकामा जनस्वास्थ्य निरीक्षक छैठौं तहमा कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु भएका चार जना दैलेखमा स्वास्थकर्मीको रुपमा कार्यरत रहेका थिए । स्वास्थ्यकर्मीको निधनले दैलेखको स्वास्थ्य क्षेत्र शोकमा डुबेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले एक विज्ञप्ति जारी गर्दै चार जनाको निधनले दैलेखको स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ ।
यस्तै यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सामाजिक सञ्जालमार्फत दुर्घटनामा मृत्यु हुनेहरुप्रति दुःख व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस्