काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा काँग्रेसले पाएको सिटको आधा बढी लुटेर ल्याएको बताएका छन्। उनले बाकस साटेर र धाँधली गरेर काँग्रेस प्रत्यक्षमा पहिलो भएको दाबी गरेका हुन्।
मतदातालाई धन्यवाद दिने क्रममा झापामा भएको कार्यक्रममा बोल्दै ओलीले चुनावमा सत्ता गठबन्धनले राज्य संरचनाको दुरुपयोग गरेका आरोप लगाए।
‘काँग्रेसले अहिलेसम्म आफ्नो ४२ सिटमा जित निकालेको छ । यसको कमसेकम आधाभन्दा बढी सिट लुटेका सिट छन्। अहिले पनि विभिन्न ठाउँमा चुनाव हुन सकेको छैन। बाजुरा, दोलखा स्याङ्जामा चुनाव हुन सकेको छैन,’ ओलीले भने, ‘चुनाव भएर राम्ररी गन्ति भइरहेको ठाउँमा अनेक प्रकारको बखेडा थपेर इलाम जस्ता ठाउँमा धाँधली गर्ने ढिलो गर्ने प्रयास भएको छ। नेपाली जनताले माया गरेको रहेछ, लुट्दा पनि एमालेको घर रित्तो छैन। समानुपातिकमा एमाले पहिलो भएको छ । लोकप्रिय मत प्राप्त गरिरहेको छ।’
ओलीले सत्ता गठबन्धनले बुथ कब्जा गर्ने, डर त्रास देखाउने मात्र काम नगरी मत गणनामा समेत धाँधली गरेको आरोप लगाएका छन् । Sorce प्रशासन संवाददाता
प्रतिकृया दिनुहोस्