सोमबार , चैत्र १३, २०७९

एयर होस्टेस ओसिनको घर पुग्दा आफन्तम सबै शोकाकुल, ५ महिनामै छोरि गुमाउनु पर्यो (भिडियो सहित)

माघ ३, २०७९ मंगलबार 510

काठमाडौं पोखरामा भएको दुखद विमान दुर्घटनाले सारा विश्वलाई स्तब्ध बनाएको छ एयर होस्टेस ओसिनको घरमा पुग्दा यतिबेला आफन्तहरु शोकाकुल अवस्थामा छन् । आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा माडीकी विमान परिचालिका (एयर होस्टेस) ओसिन आलेमगरको पनि मृत्यु भएको छ

यति एयरमा काम गर्न थालेको भर्खर ५ महिना हुँदै गर्दा ओसिनको अकल्पनिय मृत्यु हुन पुग्यो जेठी छोरीको विमान दुर्घटनामा मृत्यु भएपछि उनको परिवार विक्षिप्त बनेको छ माडी नगरपालिका-८ दक्षिण अयोध्यापुरीस्थित ओसिनको घरमा सन्नाटा छाएको छ

छोरीको शव बुझ्न उनका बुबा मोहन आले मगर र आमा सबनम आले मगर पोखरा पुगेका छन् । ओसिनको एक भाई र एक बहिनी छन् । छोरीले काठमाडौँमा बसेर काम गर्न थालेपछि उनको परिवार पछिल्लो १ वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए ।

टिकटकमा निकै सक्रिय ओसिन कहिलेकाही विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन। ओसिन आलेले विमानभित्र मुस्कुराउँदै भिडियो बनाउदै विमान दुर्घटनामा यस संसारलाई बिदा दिने दिन आउनेछ भन्ने कल्पना पनि गरेका थिएनन् । यति एयरमा काम गर्नुअघि ओसिनले सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेसको कोर्स गरेकी हुन् ।

ऑसिनको दुःखद् निधन भएसगे आले परिवार सहित माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा शोक छाएको छ । उनका बुबा मोहन आले मगर साइला भाई हुन् । भारतीय सेनाको जागिरबाट अवकाश प्राप्त मोहनका चार जना दाजुभाई छन् यति एयरलाइन्सको एटीआर ७२ विमान काठमाडौंबाट पोखरा उडेको थियो । यसमा ६८ यात्रु र चार चालक दलका सदस्य थिए।

प्रतिकृया दिनुहोस्