शनिबार , चैत्र ११, २०७९

पल शाहका फ्यानहरुलाई खुसीको खबर, केहिबेरमा मुद्धाको फैसला आउँदै

माघ ३, २०७९ मंगलबार 153

काठमाडौं । तनहुँ जिल्ला अदालतमा विचाराधीन नायक पल शाहविरुद्धको जबर्जस्ती करणी मुद्दाको फैसला बहस सकिएको छ। बाल यौन दुरुपयोगको आरोपमा थुनामा रहेका नायक पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ। पलका वकिल कमला मोहन वाग्लेका जुनसार तनहुँ जिल्ला अदालतमा आज सनुवाइ हुने भएको हो।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा भएको बहसमा शाहको पक्षबाट तीन वरिवसहित ५ जना कानून व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए। केहीबेरमा आचार्यले फैसला सुनाउनेछन्। एक १४ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । तनहुँ अदालतको आजको फैसलापछि पल कति जेल बस्नपर्ने भन्ने टुंगो लाग्नेछ।

साथै, चलचित्र नायक पल शाह विरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतमा आज सुनुवाइ हुने भएको छ । उनीमाथि लागेको नाबालिकामाथि बलात्कार अभियोगमा लामो समयदेखि टुगो लाग्न सकेको छैन। बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको सो मुद्दामा आज सुनुवाई हुँदै छ ।

यसअघि नवलपरासी जिल्ला अदालत, नवलपुरले शाहमाथिको मुद्दामा फैसला सुनाएको थियो भदौ २१ गतेको उक्त अदालतको फैसला अनुसार शाहलाई बला कारको आरोपमा सफाइ दिइएको थियो भने केवल बाल यौन दुर्व्यवहारको अभियोगमा मात्र भने साढे दुई वर्षको कैद सजाय सुनाइएको थियो ।

तर शाहमाथि एकैसाथ तनहुँ र नवलपरासीमा मुद्दा चलेकाले तनहुँले भने फैसला दिइसकेको छैन। नवलपुर अदालतको फैसला समेत माग गरी थप अनुसन्धान गरी तनहुँ अदालतले आज माघ ३ गतेका लागि सुनुवाइको मिति तोकिएको छ आज तनहुँ अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिने या कैद सजाएँ तोक्ने भन्नेबारे फैसला हुनसक्ने बताइएको छ

गत फागुन ११ गते शाहविरुध जबरजस्ति करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो। फागुन १५ गते आफै प्रहरी कार्यालय पुगेका पल लासयता थुनामै छन्। सुरुमा जबरजस्ती करणीको आरोप लगाएपनि पीडित नाबालिक र जाहेरवाला उनका बुवाले नै अदालतमा बयान फेर्दै बलात्कार नभएको बताएपछि मुद्धा कमजोर बनेको छ।

प्रतिकृया दिनुहोस्