काठमाण्डौ ।
फेवा तालमा तालमा डुङ्गामा चढिरहेको अवस्थामा लाइफ ज्याकेट खोली पौडी खेल्ने क्रममा बेपत्ता भएकी एक युवती मृ’ त अवस्थामा फेला परेकी छन् । पोखरा महानगरपालिका–२२ स्थित फेवातालमा रामेछाप घर भई हाल काठमाडौं बस्ने वर्ष २५ वर्षीया अस्मिता खत्री शुक्रबार मृ’ त अवस्थामा फेला परेकी हुन् ।
गत आइतबार फेवा तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी उनको वडा प्रहरी कार्यालय बैदाम र डिएम गोताखोर समेतको संयुक्त टोलीले खोजी गर्ने क्रममा श’ व फेला पारेको हो । यता पर्वतको मोदी गाउँपालिका ६ तिलाहारस्थित खेतमा वतन नखुलेकी ४५ वर्षीया बल सुब्बा गुरुङ शुक्रबार मृ’ त अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।उता चितवनमा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृ’ त्यु भएको छ। गए राति भरतपुर महानगरपालिका–१ रामनगरमा एचआर५५एक्स १४८२ नंको भारतीय ट्रकले ठक्कर दिँदा अन्दाजी ४५ वर्षीय पुरुषको मृ’ त्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृ’ त्यु भएको हो। श’ व भरतपुर अस्पतालको श’ वगृहमा राखिएको र अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। उता बझाङको बुङ्गल नगरपालिकामा एक किशोरी झु’ ण्डिएको अवस्थामा मृ’ त फेला परेकी छन् ।जिल्लाको बुङ्गल नगरपालिका ६ बगालिबगरकी १३ वर्षिया रोशनी धामी मृ’ त अवस्थामा फेला परेकी हुन् ।
बिहीबार साँझ आफ्नै घरको ढोकामा झु’ ण्डिएको अवस्थामा मृ’ त फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।किशोरीका आमाबुबा रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् ।घरमा उनी र उनको भाइ बस्ने गरेका बताइएको छ ।
प्रतिकृया दिनुहोस्