बिहिबार , जेठ २५, २०८०

कुनै फिल्मकि हिरोईन भन्दा कम थिइनन एयरहोस्टेस ओशिन मगर, मृत्युअघि खिचेका तस्वीरहरु हेरौं

माघ ३, २०७९ मंगलबार 832

यती एयरलाइन्सको विमान दुर्घटनामा परेकी एयरहोस्टेस हुन् । ओसिन आलेमगर । उनै आलेमगरले करिब ५ महिना अघि मात्रै यती एयरलाइन्समा जागीर खाएको बताइएको छ । केही वर्षअघि सहारा एयरहोस्टेस एकेडेमीबाट एयरहोस्टेसको कोर्स पुरा गरेकी उनको स्थायी घर भने चितवन रहेको छ ।

एयरहोस्टेस ओसिनले यती एयरलाइन्समा नाम निकालेपछि उनी निकै खुशी थिइन् । आफ्नो एयरहोस्टेस बन्ने सपना पुरा भएको भन्दै उनी निकै उत्साहित रहेको बताइन्छ ।

उनी टिकटकमा समेत सक्रिय थिइन् । ओसिनले कहिलेकाहीं विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन् । आज यती एयरलाइन्सको विमान दुर्घटना हुँदा उनको उड्डयन यात्राले समेत विश्राम लिएको छ । ओसिन दुर्घटनामा परेसँगै उनको परिवार क्षतविक्षत बनेको छ ।

आइतबारको विमान दुर्घटनामा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका थिए अर्थात ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन् । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् ।आफ्नो सानो छोरालाई लिएर विदा मनाउन पोखरा जाँदै थिए काठमाडौका डाक्टर दम्पती

पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा दुई डाक्टर दम्पती पनि परेको खुलेको छ। उक्त विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर पनि सवार रहेको पुष्टि भएको छ। उनीहरू आफ्नो सानो बच्चाका साथ पोखरा छुट्टी मनाउन गएका थिए।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले डा. श्रेष्ठले हिजो र अस्ति ओटी गरेर एक दुई दिन बिदा लिएर उनीहरू पोखरा घरमा विदा मनाउन पोखरा जान लागेको समेत आफूलाई बताएको थाहाखबरलाई जानकारी दिए।उनले भने, ‘हिजोसम्म काम नै गर्नुभएको थियो’ उहाँहरूको घर नै पोखरा भएको कारण बिदा मनाउन घर जान्छु भन्नुभएर दुई दिनको बिदा लिनुभएको थियो’

डा श्रेष्ठको श्रीमती पनि अर्थोपेडिकको डाक्टर भए पनि उनी भने ट्रमा सेन्टरमा कार्यरत थिइन्। न्याम्सबाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए ।

पोखरा स्थायी घर भएका डा. श्रेष्ठ काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेका हुन् ।आज पोखरामा विमान दुर्घटनामा परेको विमानमा सवार यात्रुहरूको नाम लिष्टमा उनीहरू तीनजनाकै नाम छ।

प्रतिकृया दिनुहोस्