विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको मुत्यु भएको छ।
उनको मृत्यु भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी छन्। दिदी हिराका अनुसार निरा पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्जा स्मृति कप कार्यक्रममा सहभागी हुन जान लागेकी थिइन्।
उनले आजै बिहान आफ्नो एक तस्बिर सार्वजनिक गर्दै माघे संक्रान्तिको शुभकामनासमेत दिएकी थिइन्।
‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्छु,’ उनले लेखेकी थिइन्।
गायिका छन्त्यालको मृत्यु भएको जानकारी पाएसँगै पोखरामा आयोजना हुने भनिएको कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाका सचिव नवीन घर्ती छन्त्यालले बताए। काठमाडौं । आइतबार पोखराको सेती नदी खोँचमा भएको जहाज दुर्घटनामा परि मृत्यु भएकामध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाले हालसम्म ५ जनाको सनाखत भएको बताए।
लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमियाको सनाखत भएको उनले जानकारी दिएका छन्।
जहाज दुर्घटनामा हालसम्म ६४ जनाको शव फेला परेको छ । तर, शव पहिचान गर्न कठिन रहेको छ । साथै, खोँचमा रहेका शव निकाल्ने कार्य जारी रहेको छ ।
प्रतिकृया दिनुहोस्