शनिबार , चैत्र ११, २०७९

यी हुन् बिमान दु’ र्घटनामा ज्यान गुमाउने अर्की एयर होस्टेज सिर्जना

माघ २, २०७९ सोमबार 307

काठमाडौँ – रुपन्देही सैनामैना-५ सेरुवाकी सिर्जना हुङचुङ (सिर्जु थापा) बोइङको विमानको परिचारिका बन्ने लाइनमा थिइन्। यती एयरलाइन्समा २०७२ देखि उनले काम गर्न सुरु गरेकी थिइन्। मेहनत र लगावले उनको निरन्तर बढुवा भइरहेको थियो।

‘बोइङको परिचारिका बन्ने लिष्टमा उनी छनौट भइसकेकी थिइन्, पासपोर्ट पनि बनाएकी थिइन्’, नातामा भिनाजु पर्ने रेवन्तबहादुर सिंजालीले भने। सिर्जना तीन दाजुभाईकी एक्ली बहिनी थिइन्। २९ वर्षीया उनी गएको दशैंमा सैनामैना आएकी थिइन् ।शनिबार राति परिवारका सबै सदस्यसँग गफिँदै उनले भोलि (आइतबार) पोखरा जान लागेको सुनाएकी थिइन्।

उनलाई एयरलाइन्सले छोटो समयमै ७२ सिटे विमानमा काम गर्ने अवसर दिएको उनले बताउने गरेकी थिइन्। विमान दु’ र्घटनाको खबरपछि परिवारमा चिन्ता छ। सोमबार साँझसम्म उनको मृ’ त्यु बारे जानकारी दिइएको थिएन। दु’ र्घटनाको खबर पाएकी आमा खिमिसरा थापाले छोरीप्रति विलौना गरिन्।

माघे संक्रान्तिको बटुक बनाएर पाहुर पठाउने योजना थियो। काठमाडौंमा बस्दै आएकी सिर्जुकी भाउजु पाहुर बोकेर जाने तयारी गरिरहँदा विमान दु’ र्घटनाको खबर आएको थियो। खबरले घर छिमेकी शो’ कमा छन्। पाल्पाको बगनासकाली–९ मा जन्मिएकी उनी परिवारको बसाइसराईसँगै सैनामैना आएकी थिइन्।

उनले सैनामैनाकै सिद्धार्थ मेमोरियल बोर्डिङमा अध्ययन गरेकी थिइन्। उच्च शिक्षा भने बुटवलको सिसिटी कलेजबाट लिइन्। एयर होस्टेजको तालिम सके लगत्तै उनले सात वर्षअघि जागिर पाएकी थिइन्। ‘जागिरका लागि पनि धेरै कुर्न परेन,’ भिनाजु सिंजालीले भने।

शालिन र भद्र सृजनालाई घरमा सबैले सृजु भनेर बोलाउँथे । भदौ अन्तिम सातातिर सृजना भाइ कमल बिरामी हुँदा पनि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएम) आएर तीन/चार दिन बसेकी थिइन् । सम्पूर्ण उपचार खर्च तिरेर भाइलाई घर पठाएपछि मात्रै उनी आफू काठमाडौं फर्किएकी थिइन् ।

सृजनाका बुबा रिमबहादुर र आमा खिमिसरा बि’ रामी भइरहन्छन् । बिरामी आमा बाबुलाई सृजनाले अति ख्याल गर्ने गर्थिन् । आमा खिमिसरले आज माघे सक्रान्तिको दिन छोरीलाई मन पर्ने बटुक काठमाडौं पठाउने तयारीमा थिइन् । तर, उनको दु’ र्घटनामा नि’ धन भएको खवर पाएपछि आमा बोहोस भएकी छन् ।

घटनापछि सृजनाको परिवार पोखरा जाने तयारीमा छ । उनले बुटवलस्थित सिसिटी कलेजबाट ओभरसियर अध्ययन गरी पूरा गरी काठमाडौंस्थित शाहारा इन्टरनेशनल कलेजबाट एयरहोस्टेज अध्ययन गरेकी थिइन् ।उनी कलेजको एकदमै अनुशासित र मेहेनती विद्यार्थी रहेको कलेका प्रिन्सिपल आलोक भटटराईले बताए ।

प्रतिकृया दिनुहोस्