आइतबार , जेठ १४, २०८०

यी हुन् दुर्घटनाग्रस्त विमानका को–पाइलट अञ्जु खतिवडा

माघ १, २०७९ आइतबार 392

काठमाडौं । आज बिहानै पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार सदस्य पनि परेका छन्। विमानको पाइलट कमल केसी र को–पाइलट अञ्जु खतिवडा थिए।

को–पाइलट खतिवडाका पति दीपक पोखरेल पनि को–पाइलट नै थिए। उनी यती एयरलाइन्समै कार्यरत थिए । उनका श्रीमान पोखरेलको १६ वर्षअघि भएको विमान दुर्घटनामा निधन भएको थियो।

श्रीमानको मृत्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा सामेल भएकी थिइन्।
२०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेको थियो। सोही दुर्घटना कोपाइलट पोखरेलको निधन भएको थियो।
मेकानिकल समस्याले पोखरामा जहाज दुर्घटना: क्यान

आइतबार बिहान पोखरामा यती एयरको एटीआर जहाज मेकानिकल समस्याको कारण दु,र्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक आँकलन गरेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले मेकानिकल समस्याको कारणले जहाज दुर्घटना भएको जस्तो देखिएको बताए । जहाजमा ७२ जना यात्रु रहेका थिए ।

‘जहाज काठमाडौंबाट उड्नुभन्दा पहिले चेक जाँच भएको थियो । सबै प्रक्रिया पूरा गरेरमात्रै जहाज उडेको देखिन्छ’, सूचना अधिकारी भसलले भने, ‘यो हेर्दा मेकानिकल समस्याको कारण जहाज दु,र्घटना भएको हो कि जस्तो देखिन्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको नाइन एन– एएनसी जहाजमा कमल केसी पाइलट र अन्जु खतिवडा कोपाइलट थिए । जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोंचमा दु,र्घटना भएको हो ।

प्रतिकृया दिनुहोस्