बुधबार , जेठ १७, २०८०

पुष्प र साम्राज्ञीको फिल्म हेर्न हलमा ३० जना दर्शक

माघ १, २०७९ आइतबार 503

हिजो शुक्रबारदेखि रिलिज भएको फिल्म ‘तिम्रो मेरो साथ’को इनिसियल व्यापारले एउटा कुरा के पुष्टी भयो भने, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको स्टारडम अब ‘ए मेरो हजुर २’ चल्दाको जस्तो छैन ।उनले, इनिसियल रुपमा पनि दर्शकलाई हलसम्म तान्ने खुबी राख्न सक्दिनन् ।

१८ लाखसम्म पारिश्रमिक लिने साम्राज्ञीको नाममा एउटा शोज पनि हाउसफूल हुन नसक्नु दुखको कुरा हो । खैर, हलमा दर्शक सुनसान भएपनि साम्राज्ञीलाई हेर्न प्रमोशनका क्रममा भने दर्शकको राम्रै उपस्थिती देखियो । फिल्म ‘तिम्रो मेरो साथ’को प्रचारका लागि चितवन महोत्सव पुग्दा उनको नाममा दर्शकको राम्रै हुटिङ भयो ।

मोसफलमा दर्शकले नायिकाप्रति देखाएको उत्साहले पनि निर्देशक तथा निर्माता रमेश एम के पौडेल फिल्म चल्नेमा ढुक्क थिए । तर, महोत्सव र सडकमा देखिएको भीड हलमा कही कतै देखिएन । मोफसलमा त अझै फिल्मको व्यापर दयनीय नै छ ।राजधानीकै हालहरुमा उनलाई हेर्न दर्शक गएनन् ।

काठमाडौँको एक हलमा हाम्रो टिम पुग्दा त्यहाँ मुस्किलले ३०/४० जना दर्शक उपस्थित भएका थिए ।फिल्म हेर्न उक्त हलमा पुगेका दर्शकको नत हुटिंग नै सुनिथ्यो न त तालि नै । उक्त फिल्म हेर्न पुगेका केहि दर्शकले भने नेपाली फिल्मको यो अबस्था देख्दा दुख लागेको प्रतिक्रिया दिएका थिए ।

साम्राज्ञी आफू अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ चलिरहेको समयमा आज चितवन महोत्सवमा फिल्म ‘ह्यारी कि प्यारी’को प्रमोशन गर्न पुगेकी छिन् । यो फिल्मको मोफसल टूर आजैबाट सुरु भएको हो । डाक्टर कपिल रिजालको निर्देशनमा तयार फिल्ममा साम्राज्ञीसँगै जितु नेपाल र बिजय बरालको मुख्य भूमिका छ ।

यसैबीच नेपाली फिल्मका धेरै कलाकारहरुको पारिश्रमिक महंगो बन्दै गएको छ । नायकहरुखको पारिश्रमिक ५० लाखसम्म पुगेको छ ।नायिकाहरु पनि २० लाखसम्म पारिश्रमिक मागिरहेका छन् । तर, कलाकारले पारिश्रमिक मागे अनुसार फिल्मको व्यापार भने छैन ।

फिल्मको व्यापार कमजोर हुँदा पनि कलाकारको पारिश्रमिक दर भने घटेको छैन । यसैबिच, निर्देशक शोभित बस्नेतले नायिकाहरुमाथि कटाक्ष गरेका छन् । उनले लेखेका छन्–‘हाम्रा हिरोइनहरु १८ लाख पारिश्रमिक लिन्छन् तर देशभर ८ शो पनि हाउसफुल गर्न सक्दैनन् ।’

नायिक तथा नायिकाहरुले आफ्नो स्टारडमको भेउ पाउन नसक्दा निर्माता मर्कामा परेका छन् । तर, उनीहरुको भ्रम भने अझै पनि चिरिएको छैन । शुक्रबार र शनिबार कलाकारको नाममा फिल्म चल्नुपर्छ । तर, नेपालमा रिलिज भएका थुप्रै फिल्म कलाकारको नाम चलेका छैनन् ।

प्रतिकृया दिनुहोस्