आइतबार , जेठ २१, २०८०

जापानमा अध्ययनार्थ पुगेका धनकुटाका स्व अनिश कटुवालको शव नेपाल पुऱ्याई अन्तिम मृ त्यु संस्कार पनि भइसकेको छ।

पुष २८, २०७९ बिहिबार 453

जापानमा अध्ययनार्थ पुगेका धनकुटाका स्व अनिश कटुवालको शव नेपाल पुऱ्याई अन्तिम मृ त्यु संस्कार पनि भइसकेको छ। बैकुण्ठबास होस्। अनिशको पार्थिक शरीर नेपाल लैजान सहयोग गर्ने जापानका साथीहरूलाई धन्यवाद।

यो पनि पढ़ुहोस : गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सबैतिर हलचल मच्चाउने एक उम्मेदवार हुन्– बालेन्द्र साह (बालेन) । स्वतन्त्रबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएपछि उनले चर्चा पाए ।उम्मेदवारी दिँदा घोषणापत्रमा भनेका थिए– ‘हाम्रो नगरमा पहिले हामी गरौँ । अरूले पछि गर्लान्, अहिले हामी गरौँ । आजसम्म दलले गरे, अब बदल्नेले गरौँ !’

निर्वाचन अभियानका दौरान सबैभन्दा धेरै सुनिएका र हेरिएका हुन् बालेन । ‘गरिबको बोल्दिने कोही छैन कोही छैन’ ¥यापले उनलाई झन चर्चामा ल्यायो ।
निर्वाचन आयोगले बालेनलाई ‘लौरो’ चुनाव चिन्ह दियो । उत्साहित हुँदै सामाजिक सञ्जालमा लेखे– ‘बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।’ बालेनको चर्चा झनै बटुले ।

उनको मुख्य एजेण्डा थियो– फोहोर व्यवस्थापन । दशकदेखि फोहोरको सास्ती भोगिरहेका काठमाडौँवासीलाई उनको एजेण्डा मनप¥यो । धेरैलाई लाग्यो– अरुलाई पटकपटक हेरियो, एकपटक बालेनलाई हेरौं ।

बालेनले जति विषयहरूको उजागर गर्दै गए । ती सबै ‘हिरोबाट जिरो’ जस्तै बन्यो । मेयर भएपछि जति योजनाहरू ल्याए, त्यो सबै योजना मर्दै गयो । उठान भएको विषयका निदान नहुँदै त्यो विषय सेलाउँदै गयो । केही दिन चर्चाका पात्र मात्रै बालेन बनिरहे । जति काम गरे काममा परिणाममुखी कामभन्दा ज्यादा स्टन्टबाजी गरिरहेका छन् ।

देश–विदेशका युवाले आफ्ना अभिभावकलाई कन्भिन्स गरे । आफूभन्दा केही जान्ने बुझ्ने सन्तान । सुझाव नमान्ने कुरै भए । बालेनलाई भोट दिए । र, जिते पनि ।तत्कालीन सत्ता गठबन्धन र नेकपा एमालेको उम्मेदवारलाई पराजित भए । बालेनको चर्चा शिखरमा पुग्यो । त्यसपछि उनको हरेक काम कामले चर्चा पाउन थाले ।

मेयर हुने पक्का थियो । निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको थिएन । मेयरकै रुपमा उनी सिसडोल र बन्चरेडाँडा पुगे । फोहोरको समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाए । तीन महिनामा फोहोर व्यवस्थापन समस्याको दीर्घकालीन समाधान गर्ने वाचा गरे ।

उनले घोषणा गरे– समस्याको दीर्घकालीन समाधान नगरी जितको उत्सव नमनाउने । खादा र माला नलाउने ।

कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्नुपर्ने नियम बनाए । फोहोर वर्गीकरण गर्नेलाई जरिवाना तिराउने र कारबाही गर्ने धम्की दिए । तर, अहिले काठमाडौंमा फोहोरको समस्या जुँकात्यू छ । फोहोर उठ्न छाडेको छ । सडकमा फोहोरको थुप्रो बढि नै रहेको छ ।

कुहिने र नकुहिने फोहोर छुटाउने कुरा पनि एकादेशको कथाजस्तै भइसक्यो । महानगरको पहिलो बैठकमा होटल, रेष्टुरेन्टको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्ने व्यवस्था गर्ने निर्णय भयो ।

त्यसरी प्रयोग गर्न मिल्ने शौचालयमा महानगरले बोर्ड समेत राख्यो । केही दिन सामाजिक सञ्जालमा राम्रै स्थान पायो । बालेनको चर्चा पनि बढ्यो । तर, अहिले ‘साँच्ची, त्यो पनि काम गरेको थियो है’ भन्ने भएको छ ।

सार्वजनिक शौचालयपछि बालेन अनधिकृत संरचना भत्काउन लागे । कतिपयले त उनको कामलाई हिन्दी सिनेमा नायकसँग जोडे ।

भारतीय सिनेमा ‘नायक’मा एक दिनका लागि मुख्यमन्त्री बनेको कलाकार अनिल कपुरको अभियान निकै हिट भएको थियो । बालेन साह अवैध संरचना हटाउन दिनरात लागिपरेको भन्दै उनलाई ‘आजका नायक’ पनि भने ।

तर, उक्त अभियानले उनलाई आलोचित बनायो । कतिपयले बालेनलाई ‘डन’ समेत भन्न भ्याए । केहीले ‘डन हो कि क्या हो ? भन्दै प्रश्न पनि गरे ।अनधिकृत संरचना हटाउने अभियानमा केही आलोचना खेपेपछि काठमाडौंको फुटपाथ व्यवस्थापनमा लागे । महानगर प्रहरीलाई लगाएर फुटपाथका व्यापारीलाई हटाउन थाले ।

नगर प्रहरीले फुटपाथ व्यापारीलाई हटाउँदा र सामान खोस्दाका भावुक दृश्यहरू छरपस्ट भयो । महानगरको उक्त शैलीप्रति धेरैले आक्रोश पोखे । फुटपाथ व्यापारीले महानगर घेर्नेसम्मको काम गरे ।

फुटपाथ व्यापारीलाई हटाउने कामले मेयर बालेनलाई निकै आलोचित बनायो । ‘गरिबको बोल्दिने कोही छैन कोही छैन’ ¥याप गाउने मेयरको आलोचनामा मलजल पुग्यो ।

बालेनको उक्त कदमले पनि सफलता पाएनन् । आलोचित मात्रै बनायो । अहिले पनि अधिकांश फुटपाथमा अनधिकृत व्यापार भइरहेको छ । महानगरले त्यसतर्फ खासै ध्यान दिएको छैन ।

उनको अर्को चर्चित काम हो– टुकुचा खोला खोज्ने अभियान । जमिनभित्र लुकाएको टुकुचा खोला खोज्ने अभियानले उनलाई चर्चाको ‘क्लाइमेक्स’मा पुर्यायो । उनले टुकुचा खोला भेटाए पनि ।

त्यसपछि टुकुचा खोलामाथि बनेका संरचनाहरू भत्काउने अभियानमा लागे । तर, त्यसलाई लिएर लिएर पनि उनको चर्को आलोचना भयो । कतिले उनको प्रशंसा पनि गरे ।

खोला खोज्ने क्रममा विगतमा राजदरबारले प्रयोग गर्ने एउटा मर्सिडिज गाडी भेटियो । त्यो घटनाले बालेनलाई थप चर्चामा ल्यायो । सो गाडीबारे अनुसन्धान गर्लान् भन्ने धेरैको आशा थियो । तर, विडम्बना त्यो विषय बिचमै सेलायो ।

टुकुचा खोला उत्खननको विषय पनि बिचमै रोकियो । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन आदेश दियो । नायक बन्ने उनको अर्को प्रयास असफल भयो ।

बालेनको प्रशंसा पाउने शृङ्खला त्यतिमै रोकिएन । थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाए । सुकुम्बासी बस्ती हटाएर बालेन प्रशंसा कमाउन चाहन्थे । तर, उल्टै आलोचित बन्न पुगे ।

सुकुम्बासीहरूकै भोटले मेयर बनेका मेयरले उनीहरूकै उठिबास लगाउन खोजेको आरोप लाग्यो । सुकुम्बासी बस्ती निर्वाचनअघि फूलको बस्ती थियो ।

बालेन मेयर बनेपछि ती नै बस्ती आँखाको तारो बन्यो । भोट माग्न जाँदा खादा र माला लगाएर नमस्कार गर्दै पुगेका बालेन मेयर बनेपछि डोजर लिएर पुगे । निर्वाचनअघि हातमा फूलमाला र खादा लिएर स्वागत गर्न निस्केकाहरू हातमा तरबार, खुकुरी र ढुंगामुढा लिएर निस्किए ।

निर्वाचनअघि मान्छे व्यवस्थित भएर बस्नुलाई विकास भन्ने बालेनले मेयर बनेपछि उठिबासलाई विकास देखे । विकास गर्दा मानिस खुसी नभए विकास नै नमान्ने बालेनलाई सुकुम्बासीको आँसु बन्यो ।

विकल्पविना सुकुम्वासीलाई हटाउनु उनको पपुलिष्ट काम थियो । तर, उल्टै आलोचित बन्न पुगे । कतिले बालेनले राम्रो काम गरेको भन्दै उनको तारिफ पनि गरे ।

बालेनले नयाँ विषयहरूको उजागर गर्दै गए । ती सबै ‘हिरोबाट जिरो’ जस्तै बन्यो । मेयर भएपछि जति योजनाहरू ल्याए, त्यो सबै योजना मर्दै गयो । उठान भएको विषयका निदान नहुँदै त्यो विषय सेलाउँदै गयो । केही दिन चर्चाका पात्र मात्रै बालेन बनिरहे । जति काम गरे काममा परिणाममुखी कामभन्दा ज्यादा स्टन्टबाजी भयो ।

प्रतिकृया दिनुहोस्