शनिबार , जेठ २७, २०८०

आजैबाट दैनिक सुरु गर्नुहोस् यस्ता ३ कार्य: घरमा रहनेछ माता लक्ष्मीको बास !

पुष २८, २०७९ बिहिबार 196

शास्त्रमा ऐश्वर्य, धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधनालाई निकै शुभ मानिएको छ। तर लक्ष्मी जी धेरै चंचल छिन् र उहाँलाई प्रसन्न पार्नका लागि ज्योतिषमा केही कार्यहरू बताइएका छन्।

जुन घरमा दिनहुँ यी ३ काम गरिन्छ, त्यहाँ माता लक्ष्मीको वास हुन्छ भन्ने मान्यता रहेको छ। माता लक्ष्मीको प्रसन्नताले धन,समृद्धि, सुख, वैभवको कमी कहिल्यै हुँदैन। आउनुहोस् जानौं ती तीन कार्यको बारेमा….

पहिलो कार्य: ज्योतिष शास्त्रका अनुसार जुन घरमा सदैव प्रेम, शान्ति र सुख हुन्छ, त्यही घरमा लक्ष्मीको वास हुने विश्वास गरिन्छ। हरेक बिहान नुहाएर सफा लुगा लगाउनुहोस्।

यसपछि विधि अनुसार भगवान विष्णु र लक्ष्मी माताको पूजा गर्नुहोस्। पूजामा लक्ष्मीजीलाई कमलको फूल चढाउनुहोस्। यसपछि निष्कपट मनले ‘श्रीसुक्त जी’ को पाठ गर्नुहोस्। यो उपायले घरमा कहिल्यै धनको कमी नहुने विश्वास गरिन्छ।

दोस्रो कार्य: हरेक बिहान नुहाएर घरको मुख्य प्रवेशद्वारमा शुद्ध जल छर्कने गर्नुहोस्। त्यसपछि बेसार, सिन्दुर र कसरीको घोलले ढोकामा स्वस्तिक बनाउनुहोस्। यसो गर्दा घरको नकारात्मक उर्जा नष्ट हुन्छ र परिवारमा सुख र समृद्धि कायम रहन्छ।

तेस्रो कार्य: जुन घरमा ठूला, बालबालिका र जेष्ठ नागरिकले सबै अन्नको सम्मान गर्छन्, जहाँ झगडा हुँदैन, त्यस घरमा सकारात्मक उर्जा रहन्छ र माता लक्ष्मीको कृपा प्राप्त हुन्छ भन्ने विश्वास छ। त्यसैगरी जसको घरमा महिलाले दिनहुँ पूजा गरेपछि चुलोको पनि पूजा गर्ने गर्छन्, त्यहाँ कहिल्यै धन र भोजनको कमी हुँदैन।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

प्रतिकृया दिनुहोस्