बुधबार , जेठ १७, २०८०

महंगो मूल्यमा र्‍यापर भिटेनले गाए अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ मा गीत

पुष २८, २०७९ बिहिबार 313

काठमाडौं ।अनमोल केसी स्टारर ‘छड्के २’ र्‍यापर भिटेन ले गीत गाएका छन् । पाश्र्वगायनमा फर्किएका उनले ३ वर्ष अघि ‘सरौतो’ फिल्ममा गीत गाएका थिए । भिटेनको आवाजमा ठमाडौंको एक स्टुडियोमा गीतको रेकर्डिङ गरिएको छ ।

निर्माताले भिटेनसँगको तस्वीर समेत सार्वजनिक गरेका छन् । गीतमा भिटेनको संगीत छ ।अर्को गीत अर्का र्‍यापर युनिक पोइटले गाउन लागेको बताइएको छ । निर्माता प्रशान्त गिरीले । यी दुई र्‍यापरलाई महंगो मूल्यमा अनुबन्धित गरिएको बताए । ‘छड्के २’ मा अनमोलसहित रविन तामाङ, कमलमणि नेपाल र रेशा आले मगरको मुख्य भूमिका छ ।

निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा निर्वाणा फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुलले सहकार्य गरेका छन् । फिल्म फागन १९ गते देखी रिलिज हुने छ ।

प्रतिकृया दिनुहोस्